६८ हजार डलरसम्म पुगेको एउटा बिटक्वाइनको मूल्य १८ हजारभन्दा तल झर्यो

५ असार, एजेन्सी । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा पछिल्ला दिनहरूमा भारी गिरावट आइरहेको छ ।

शनिबार बिटक्वाइनको मूल्यमा सन् २०२० यताकै सबैभन्दा धेरै गिरावट आएको समाचार संस्था एपीले जनाएको छ । शनिबार केही समयको लागि एउटा बिटक्वाइनको मूल्य १८ हजार डलरभन्दा तल झरेको थियो।

संसारभरि रहेका विभिन्न क्रिप्टोकरेन्सीमध्ये बिटक्वाइन मूल्य सबैभन्दा धेरै छ। शनिबार दिउँसो एउटा बिटक्वाइनको मूल्य १७ हजार ५९३ डलरसम्म पुगेको थियो। केही समयपछि थोरै वृद्धि भएर १८ हजार ५५६ डलरसम्म पुग्यो।

Advertisement

बिटक्वाइनको मूल्य यो तहमा यसअघि सन् २०२० को नोभेम्बरमा पुगेको थियो। त्यसपछि लगातार बढेर यसको मूल्य गत नोभेम्बरमा ६८ हजार डलरसम्म पुगेको कोइनडेस्कले जनाएको छ।

बिटक्वाइनको कारोबारमा संलग्न मानिसहरूले यसको मूल्य २० हजार डलरमुनि नझर्ने आंकलन गरेका थिए।

Advertisement

यसरी २० हजार डलरभन्दा कम मूल्यमा पुग्दा मानिसहरूमा क्रिप्टोकरेन्सीमाथिको विश्वास हट्दै गएको बजार विश्लेषकहरूले बताएका छन्।

नेपालमा क्रिप्टोकरेन्सी अवैध छ। नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमा कारोबार नगर्न निर्देशन दिएको छ। यसअघि प्रहरीले क्रिप्टोकरेन्सीको कारोबार गर्नेहरूमाथि मुद्दा समेत चलाएको छ।

एल साल्भोडार र सेन्ट्रल अफ्रिकन रिपब्लिकले बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top