५ असार ,काठमाण्डौ ।प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बैठकमा अनुपस्थित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
अमेरिकी राज्य साझेदारी कार्यक्रम एसपीपी तथा आसन्न अमेरिका भ्रमणकोे विषयमा छलफल गर्न समितिले आइतवार देउवालाई बोलाएको थियो ।
कार्यव्यस्तताको कारण देखाउँदै देउवा आइतवार बैठकमा उपस्थित भएका थिएनन् ।
बैठकमा प्रधानमन्त्रीले संसदीय समितिलाई अवमूल्यन गरेको भन्दै सांसदहरूले आपत्ति जनाएकाथिए।
कांग्रेस सांसदहरूको आपत्तिका बाबजुद समिति सभापति पवित्रा निरौला खरेलले देउवासँग स्पष्टीकरण सोध्ने निर्णय सुनाएकी थिइन् ।
त्यसअघि समिति बैठकमा स्पष्टीकरण सोध्ने नसोध्ने विषयमा लामो बहस भएको थियो ।
नेपाली कांग्रेसका सांसदहरूले अमेरिका भ्रमणको मिति नै घोषणा भइनसकेको सन्दर्भमा देउवालाई स्पष्टीकरण सोध्नु गलत भएको बताएका थिए ।
सांसद पुष्पा भुसालले आगामी बैठकमा उपस्थित हुन आग्रह गर्ने निर्णय गर्नुपर्ने बताइन् ।
‘प्रधानमन्त्रीले कुनै कारणवश अन्तिममा आउन नपाउने भनेर भन्न नपाउने ,’ गौतमले प्रश्न गरिन् ।