चौतर्फी आलोचनापछि आफनै तलब बाट यमबुद्धको सालिक बनाउने बालेनले गरे घोषण

चौतर्फी आलोचनापछि आफनै तलब बाट यमबुद्धको सालिक बनाउने बालेनले गरे घोषण

२५ असार ,काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले र्‍यापर यमबुद्धको सालिक बनाउन बजेट छुट्टाएकोमा चौतर्फी विरोध भइरहेको छ । विरोधका स्वरहरु बढ्न थालेपछि मेयर बालेन शाहले यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका छन् ।शाहको प्रस्तावमा आगामी आर्थिक वर्षको बजेटमा यमबुद्धको सालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर सरकारी पैसामा शाहले आफू निकटको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो ।उनको यो निर्णयप्रति कलाक्षेत्रकै व्यक्तिहरुले समेत आपत्ति जनाएका थिए । शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईंहरुको दिन शुभ रहोस् ।’ यमबुद्ध भनेर चिनिने अनिल अधिकारीले २०७३ सालमा लण्डनमा आत्महत्या गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.