×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

आफू पदका लागि हिरिक हिरिक हुने मान्छे नभएको माधव नेपालको स्पष्टोक्ती

२५ असार २०७९

२५ असार, काठमाण्डौ ।

Advertisement

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसँगको एकताको च्याप्टर नखुलेको बताएका छन्।एमालेसँग एकताको च्याप्टर बन्द भएको होरु भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले एमालेसँग एकताको च्याप्टर नखुलेको अवस्थामा बन्द भन्ने प्रश्न नै उठाउन नपर्ने बताए।एमालेसँग एकताको च्याप्टर खुलेकै छैन भने बन्द कसरी भयो भन्नेरु बरू पार्टीमा हामीले जसरी जुन कारणले विद्रोह गरेका थियौं त्यसको औचित्य पुष्टि भएको छु, बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले भने।नेता नेपालले राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु नहुने भएकोले संविधानको रक्षा र प्रतिगमनविरूद्ध पाँच दलीय गठबन्धन गरिएको स्मरण गरे।नेता नेपालले अहिलेको मुख्य शत्रु नोकरशाही पुँजीवाद भएकोले त्यसविरूद्ध एक हुनुपर्ने बताए।नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गरेर प्रचण्ड अध्यक्ष र माधव नेपाल प्रधानमन्त्री बनाउने भन्ने समाचारमा सत्यता नभएको बताए।कम्युनिष्ट पार्टीले नै राष्ट्रको निकास दिन सक्छ भनेर कम्युनिष्ट पार्टीहरूमा एकताको सम्भावनाबारे छलफल गरिरहेको भए पनि आफूले पद र प्रतिष्ठाको लागिमात्र पार्टी एकता नगर्ने दाबी गरे।‘माधव नेपाललाई प्रधानमन्त्री चाहिएर पार्टी एकीकरण गर्न पर्दैन, म पदको पछाडि लाग्ने, पदका लागि हिरिक हिरिक हुने मान्छे होइन, उनले भने।नेपालले पछिल्लो समय तत्कालीन नेकपालाई व्युँताउन सकिन्छ कि भनेर छलफल भने भइरहेको बताए।‘नेपालको राजनीतिक परिवर्तनमा बामपन्थी शक्तिको ठूलो हात रहेको छ, त्यसैले ती शक्तिलाई छिन्नभिन्न हुन नदिन केही गर्न सकिन्छ कि भन्ने छलफल भएको छ त्यो निरन्तर चलिरहन्छ’, उनले भने।बामपन्थी एक हुन खोज्दा कांग्रेस तर्सिने अवस्था रहेको बताउँदै उनले त्यो हुनु आवश्यक नभएको बताए।नेपालले आफूहरूको भूमिका र सहयोगले नै कांग्रेसले सरकार बनाउन सम्भव भएको बताउँदै त्यो कुरालाई कांग्रेसले ध्यान दिनु जरूरी रहेको बताए।नेपालले स्थानीय तहको निर्वाचनमा तल्लो तहसम्म गठबन्धन हुन नसक्दा आफूहरूलाई धेरै लाभ नभए पनि पाँच दलीय गठबन्धन मिलेर जानुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको बताए।

Advertisement
Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top