बनाउदै गरेको बसले किचेर चितवनमा एक यूवकको मृत्यू

बनाउदै गरेको बसले किचेर चितवनमा एक यूवकको मृत्यू

२६ असार, चितवन ।

बस मर्मत गर्ने क्रममा सोही बसले किचेर आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २४ का २१ वर्षीय सुरज नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका(२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना ५ख ९६७ नं को बस चालकले परीक्षण गरेर चलाउँदै गर्दा सहचालकको मृत्यु भएको हो ।बसले किचेर घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.