२ साउन, काठमाडौं ।
आर्थिक वर्ष २०७९र८० को दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ । कारोबार अवधिभर उतारचढाव देखिएको सेयर बजारमा अन्तिमा समयमा दोहोरो अंकले वृद्धि भएर बन्द भएको हो ।सोमबार नेप्से १८।०३ अंक ९०।९० प्रतिशत० ले बढेर २०२९।४३ अंकमा बन्द भएको छ । सामूहिक लगानी कोष र व्यापार बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । व्यापार उपसूचक सबैभन्दा धेरै ४।९३ प्रतिशतले वृद्धि भएको छ ।नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम भने बढ्न सकेन । आइतबार १ अर्ब २३ करोड २५ लाखको कारोबार भएको बजारमा सोमबार ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ३० लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट लिमिटेडको ९ करोड ३५ लाखको कारोबार भएको छ । यस्तै एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाखको कारोबार भएको छ ।सोमबार धेरै मूल्य बढ्नेमा बरुण हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको सेयरमूल्य ९।९८ प्रतिशतले वृद्धि भएर सर्किट लेभलमा बन्द हुँदा इमर्जिङ नेपालको सेयरमूल्य ९।६२ प्रतिशतले बढेको छ । यता सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य सवार्धिक ५।९० प्रतिशतले गिरावट हुँदा कुमारी इक्युटी फण्डको इकाइमूल्य ५।७६ प्रतिशतले गिरावट भएको छ । सूचीकृत कम्पनीमा स्वाबलम्बन लघुवित्तको सेयरमूल्य २।९१ प्रतिशतले घटेको छ ।कारोबार अवधिभर १७९ कम्पनीको सेयर कारोबार भएकोमा १४३ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै २७ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ९ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।