Nepal Times
Nepal Times
3
Shares

शिक्षक सेवा आयोग अन्तर्गतको अध्यापन अनुमति पत्र टिचिङ लाइसेन्सको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोग अन्तर्गतको अध्यापन अनुमति पत्र टिचिङ लाइसेन्सको नतिजा सार्वजनिक

४ साउन, काठमाडौं ।

शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र टिचिङ लाइसेन्सको नतिजा सार्वजनिक गरेको छ ।अयोगले असार १८ गते सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको नतिजा प्रदेशगत सार्वजनिक गरेको छ । सहभागीमध्ये २३ हजार जनाले अध्यापन पत्र पाउन सफल भएका छन् । आयोगको अनुसार ४३९ परीक्षार्थीले सेट अथवा की लेख्न नजानेकाले परीक्षा रद्द गरिएको जनाएको छ ।अध्यापन अनुमति पत्र परीक्षामा समावेश भएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट वितरण हुने आयोगले जनाएको छ । त्यसका लागि आयोगले केही दिनमा सूचना जारी गर्ने जनाएको छ ।आयोगले अध्यापन अनुमति पत्रको परीक्षाको नतिजा चित्त नबुझेमा पुर्योगको व्यवस्था गरेको छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.