Nepal Times
Nepal Times
1.78k
Shares

“घमन्डी प्रेम”

“घमन्डी प्रेम”

७ साउन,विराटनगर ।

 

  “घमन्डी प्रेम”

तिमी रिसायौ
म पनि रिसाए,
अब फकाउने कसले ??
मै चुप,
तिमी पनि चुप,
पिडादायी मौनता हटाउने कसले ??
हो मान्दछु म
घमण्ड छ म मा
अली कति तिमीमा पनि
यहाँ आ–आफुलाई हराउने कसले ??
नझुक्ने जिद्दी मेरो,
तिमी पनि कहाँ कम छौ र,
समानता देखाउने कसले ??
दूरी बढेकाले,
साथ छुटेकाले,
पछुतो छ “ म“ मा
तर अब,
यो कुरा ,बताउने तिमीलाई कसले ?
म हर बिहान लामो
निन्द्रा लिदैछु आजकल
सधै जस्तो एस एम एस
गरि झक्झकाउँछ कसले ?
माया अझै उही ,
अनि उत्ति नै छ
सायद तिमीमा पनि त्यतिनै होला ,
पहिला हात बढाउने कसले ??
पहिला हात बढाउने कसले ??
=संचिता श्रेष्ठ

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.