Nepal Times
Nepal Times
3
Shares

महोत्तरीमा आफ्नै काकाको हत्या आरोपमा भतिज पक्राउ

महोत्तरीमा आफ्नै काकाको हत्या आरोपमा भतिज पक्राउ

६ साउन, काठमाण्डौ ।

महोत्तरीमा आफ्नै काकाको हत्या गरेको आरोपमा भतिजलाई प्रहरीले पक्राउ गरेको छ।पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडबाका रामनाथ दासले गएको साउन ५ गते ६० वर्षीय काका रामबहादुर दासको हत्या गरेको महोत्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी प्रकाश विष्टले जानकारी दिए।उनका अनुसार हत्या मुद्दामा जेल चलान भएका रामनाथ डेढ महिनाअघि मात्र छुटेर आएका थिए।आँपको बगैंचामा सुतिरहेका बेला काका रामबहादुरको कन्चट र अनुहारमा कोदालो प्रहार गरी उनले हत्या गरेको प्रहरीले बताएको छ।हत्या गरेर रामनाथले घटनास्थलदेखि सय फिट उत्तरपट्टि कुलोमा कोदालो फालेर नुहाई धोई गरी घर फर्केका थिए।हत्या गर्ने कारण नखुलेको डिएसपी विष्टको भनाइ छ।

उसले ठ्याक्कै यही कारणले मारेको अहिलेसम्म बताएका छैनन्। पहिले पनि जेल बसेको उनी अलि मानसिक रोगी देखिन्छन्। आवेशमा आएर पनि हत्या गरेको हुनसक्छ,’ उनले भने।

रामनाथले ११ चैत २०५३ सालमा पनि गाउँकै राम बिलास दास तत्मालाई कुटपिट गरी हत्या गरेका थिए। उनी कर्तव्य ज्यान मुद्दामा पक्राउ परी करिब ७ वर्ष कैद सजाय भुक्तान गरी गएको जेठ १५ गते गणतन्त्र दिवसको दिन केन्द्रीय कारागार त्रिपुरेश्वर काठमाडौंबाट छुटेर आएका थिए।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.