Nepal Times
Nepal Times
3
Shares

नेपालमा बाघको संख्या ३५५ पुग्यो

नेपालमा बाघको संख्या ३५५ पुग्यो

१३ साउन, काठमाडौँ । नेपालमा बाघको संख्या ३५५ पुगेको छ ।

विश्व बाघ दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् ।

जसअनुसार पछिल्लो ४ वर्षमा १२० बाघ थपिएको पाइएको छ । २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले ३५५ पुगेको छ ।

सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ बटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुल्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मंसिर १९ देखि फागुन २८ सम्म बाघ गणना गरेको थियो ।

बाघ गणनाका लागि अत्याधुनिक प्रविधि भएको क्यामरा ट्रयापिङ विधि प्रयोग गरिएको थियो ।

१५० वटा क्यामेराका साथै २०० जनशक्ति र आवश्यकताअनुसार हात्ती पनि प्रयोग गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.