ठमेलभित्र अव्यवस्थितरुपमा रहेका तारहरु हटाइने

१९ साउन ७९, शुक्रबार

२० साउन,काठमाण्डौ ।

संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरुपमा रहेका तार हटाइने भएको छ । ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले राजधानीको प्रमुख पर्यटकीय केन्द्रलाई व्यवस्थित र सुन्दर बनाउनका लागि ठमेलभित्र देखिएका समस्या समाधानका लागि परिषद्ले काम गर्दै आएको जानकारी दिए । उक्त बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका अनावश्यक तार हटाई व्यवस्थित गर्ने सम्बन्धमा सात सदस्यीय समितिसमेत गठन गरेको छ ।

समितिमा परिषद्को तर्फबाट उपाध्यक्ष सहदेव धमला, केवल टिभीका तर्फबाट सुधीर पराजुली, आइस्पानका तर्फबाट सुवास खड्का, नेपाल टेलिकमको तर्फबाट सरिता महर्जन र सुनिल कर्ण, नेपाल विद्युत् प्राधिकरणको तर्फबाट दीपेन्द्र बुढाथोकी र एनसेलको तर्फबाट विनायक बुढाथोकी रहेका छन् ।

यस्तै ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र देखिएका ढलको समस्या, पार्किङको समस्या, सडकपेटीमा बसेर माग्ने व्यक्तिको समस्यालगायतका समस्या समाधानका लागि काम गर्दै आएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top