“सरकार कामचलाउ होइन, पूर्ण बहुमतको हो ” प्रदीप ज्ञवालीलाई डिला संग्रौलाले दिइन जवाफ

“सरकार कामचलाउ होइन, पूर्ण बहुमतको हो ” प्रदीप ज्ञवालीलाई डिला संग्रौलाले दिइन जवाफ

२२ साउन, काठमाडौं ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चुनाव घोषणा गरेको सरकार काम चलाउ भएको भन्दै सदनलाई विजनेश दिन नसक्ने टिप्पणी गरेका छन् । सांसद ज्ञवालीको प्रश्न छ, ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ’?

ज्ञवालीलाई जवाफ दिँदै कांग्रेस सांसद डिला संग्रौलाले सरकार पूर्ण बहुमतको भएको हेक्का राख्न आग्रह गरिन् । यो सवाल जवाफ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्ताव अगाडि बढेको सन्दर्भमा भएको हो । एमाले सांसद ज्ञवालीले भनेका छन्, ‘अब सदन अन्त्य हुने बेलामा ल्याएर हामीले न्याय गर्दैछौं रु यो उचित भएन ।’ साथै उनले अब सरकारले नियमित ढंगले बिजनेस दिएर संसद चलाउनु उचित नहुने बताए ।

यसबारे जवाफ दिँदै कांग्रेस सांसद संग्रौलाले भनेकी छन्, ‘यो सरकार काम चलाउ हो भन्नुभयो । उहाँहरुलाई हेक्का छ कि छैन, यो सरकार काम चलाउ सरकार हैन । पूर्ण बहुमतका साथ बनेको सरकार हो । पूर्ण बहुमतको सरकार हो । यो सरकार जनताप्रति उत्तरदायी छ । यसकारण सर्वोच्चमा बिचौलिया अगाडि नबढुन् भनेर महाअभियोग ल्याइएको हो ।’

बरु एमालेलाई चोलेन्द्रको पक्षमा नभई न्यायलयको स्वच्छताको पक्षमा उभिन एमालेलाई सांसद संग्रौलाले आग्रह गरिन् । ‘सत्तापक्ष र प्रतिपक्षको आखाँले नहेरी न्यायपालिकामा रहेको बिचौलिया र भ्रष्टाचारको विरुद्ध उभिएर जाउँ’ उनले एमालेलाई आग्रह गरिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.