×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

ताइवानमाथि चीनको दबाब अमेरिकालाई अस्वीकार्य

२६ श्रावण २०७९

२६ साउन,एजेन्सी ।
ताइवानी सीमा नजिक जारी राखेको सैन्यअभ्यास सफतापूर्वक सम्पन्न भएको चीनले जनाएको छ । साथै ताइवानसँगको शान्तिपूर्ण एकतामा जोड दिने पनि चीनले जनाएको छ । बुधबार बेइजिङको स्टेट काउन्सिलअन्तर्गतको ताइवान मामिला कार्यालय र सूचना कार्यालयले संयुक्त रुपमा श्वेतपत्र जारी गर्दै चीनको पुर्नएकीकरण प्रक्रिया कसैगरी नरोकिने जनाएको छ ।

‘ताइवान मुद्दा र नयाँ युगमा चीनको पुनएकीकरण’ शीर्षकको सो श्वेतपत्रमा ताइवानको स्वतन्त्रता चाहने शक्तिहरुको भर्त्सना गरिएको छ । बेइजिङले १९९३ मा ताइवानबारे पहिलो श्वेतपत्र जारी गरेको थियो । त्यसअघि १९९२ मा दुई पक्षबीच एक मुलुक, दुई व्यवस्थाका विषयमा सहमति भएको थियो । पछिल्लो श्वेतपत्र अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण र त्यसको जवाफमा चिनियाँ सेनाले ताइवान घेरेर गरेको सातादिन लामो सैन्य अभ्यासपछि जारी भएको हो ।

Advertisement
Advertisement

श्वेतपत्रले अमेरिकाको केही शक्तिले ताइवानलाई चीनविरुद्धको गोटीका रुपमा प्रयोग गर्न खोजेको आरोप लगाएको छ । ‘यसलाई नरोक्ने हो भने यसले जलसन्धि वारपार तनाव बढाइरहनेछ, चीन–अमेरिका सम्बन्धलाई थप बिगार्नेछ र अमेरिकाको हितलाई नै नराम्ररी हानि गर्नेछ,’ श्वेतपत्रमा भनिएको छ । श्वेतपत्रले ताइवान सरकारलाई एक मुलुक, दुई व्यवस्थाकै मोडलअनुसार एकतामा आउन आह्वान पनि गरेको छ ।

ताइवानभन्दा चीन कयौँ गुणा शक्तिशाली रहेको भन्दै श्वेतपत्रमा ताइवान चीनबाट अलग हुन असम्भव रहेको जनाइएको छ । ‘चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । चीनको राजनीतिक, आर्थिक, सांस्कृतिक, प्राविधिक र सैन्य शक्ति निकै विस्तार भएको छ । त्यसैले चीनबाट अलग हुन ताइवानलाई झन असम्भव भएको छ,’ श्वेतपत्रमा भनिएको छ ।

पाँच खण्ड भएको श्वेतपत्रमा बेइजिङले ताइवान एकीकरण गरिछाड्ने दृढसंकल्प व्यक्त गरेको छ । तर, ताइवानप्रति धेरै हदसम्म मेलमिलापकारी भाषा श्वेतपत्रमा प्रयोग गरिएको छ । जसमा ताइवानसँग सम्बन्ध सुधार्न चीन इच्छुक रहेको उल्लेख छ । श्वेतपत्रमा एकीकरण भइसकेपछि पनि ताइवानमा अन्य मुलुकले आर्थिक र सांस्कृतिक सम्बन्ध विकास गर्न सक्ने उल्लेख छ ।

ती मुलुकले केन्द्र सरकारको अनुमतिमा ताइवानमा वाणिज्यदूतावासलगायत एजेन्सी राख्न सक्ने, अन्तर्राष्ट्रिय संस्थाहरुले आफ्नो कार्यालय खोल्न सक्ने जनाइएको छ । ‘शान्तिपूर्ण पुनर्एकीकरण समान रुपमा गरिने परामर्श र छलफलबाट मात्र प्राप्त गर्न सकिन्छ ।

एकीकरणपछि पनि ताइवानले आफ्नो स्थान पाउने, ताइवानी जनताको अधिकार र हितको रक्षा गरिने र राष्ट्रिय कायाकल्पको फल दुवैतर्फका जनताले उत्तिकै मात्रामा प्राप्त गर्ने पनि श्वेतपत्रमा उल्लेख गरिएको छ । यता अमेरिका पुगेर सभामुख न्यान्सी पेलोसीले ताइवानलाई अमेरिकाको साथ छ भन्ने सन्देश दिन आफूले ताइवान भ्रमण गरेको दोहोर्याएकी छिन् ।

Advertisement
Advertisement

उनले ताइवानमाथि चीनको दबाब अमेरिकालाई स्वीकार्य नहुने पनि बताएकी छन् । चिनियाँ सैन्य अभ्यास सकिएलगत्तै पेलोसीले ताइवानको लोकतन्त्रलाई समर्थन गर्न र ताइवान एक्लो छैन भन्ने सन्देश दिन आफूले त्यहाँको भ्रमण गरेको बताएकी हुन् ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top