Nepal Times
Nepal Times
3
Shares

सडकको खाल्डाखुल्टी नपुरिँदा दैनिक दुर्घटना

सडकको खाल्डाखुल्टी नपुरिँदा दैनिक दुर्घटना

२७ साउन,काठमाण्डौ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्टीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ । मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६÷७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्टी नपुर्दा सवारी र यात्रुहरुले सास्ती व्यहोर्दै आउनुपरेको हो ।

७ महिना अघिदेखि यस्तो समस्या हुँदासम्म सम्बन्धीत निकायले चासो नदेखाएको स्थानीयहरुको गुनासो छ । बाटोका खाल्डाखुल्टीका कारण यात्रुहरु दैनिक दुर्घटनामा पर्ने गरेका छन् । उक्त खाल्डाखुल्टी दुर्घटनाबाट यातायातहरुमा ठूलो क्षति भएको स्थानीयहरु बताउँछन् । यही बाटो दैनिक हिँड्ने चालकहरु यस क्षेत्रमा डरमा सवारी गुडाउनुपरेको बताउँछन् ।

उनीहरुले विगत ५ महिना यता सडकको स्थिति दयनीय रहेको बताए । उनीहरुले बाटो मर्मत हुननस्क्दा कुनैपनि बेला दुर्घटना हुने बताए । स्थानीय सरकारले लापरबाही गरेर मर्मतसम्हार नगर्दा सडक दुर्घटनाबाट हरेक दिनजसो दुर्घटना हुने गरेको बताए । उनीहरुले सडक निर्माण गरेको ६ महिना नबित्दै खाल्डाखुल्टी हुने समस्या रहेको बताए ।उक्त बाटो हुँदै दैनिक प्रदेश सरकारका संसद, मन्त्री र मुख्यमन्त्री हिँड्ने गरेपनि आवश्यक चासो नदिएको स्थानीयहरु बताउँछन् ।

बाटो भत्किएकै क्षेत्र उर्लाबारी ३ मंगलबारेमा सडक विभागको कार्यलय छ । तर सडको अवस्था न सांसदले देख्छन् न त सडक विभागले नै हेर्छ । कार्यलय परिसरमा सडक आसपास राखिने ठूलठूला बोर्ड र कार्यलयको अवस्था भने झारै झारले भरिएको र माकुराको जलै जालोले भरिएको छ । कार्यलय नामको मात्रै रहेको स्थानीय बताउँछन् । देशकै मुख्य बाटोको हालत यस्तो हँुदासम्म कुनै पक्षबाट चासो दिएको देखिँदैन ।

दैनिक हजारौंको संख्यामा गाडी गुड्ने बाटोको यो अवस्थाले स्थानीयहरु हरेक दिनजसो सडक दुर्घटनामा हुने गरेको बताउँछन् । यही बाटो भएर धेरै यातायात जिल्लाको सदरमुकाम विराटनगर र देशको संघीय राजधानी काठमाडौ जाने गरेका छन् । यही बाटोमा ठाउँठाउँमा पटके कर र ट्राफिक चेकिङ हुन्छ । तर बाटोले भने मर्मतसम्म पाएको छैन । महिनौंदेखि साना सवारी फस्ने खाल्डाखुल्टी हुँदासम्म तीनै तहका सरकार मौन छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.