×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सेन्ट किट्सको दोस्रो जित दिलाउन सन्दीपले लिए दुई विकेट

६ भाद्र २०७५

एजेन्सी,भदौ ६
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेविन प्रिमियर लिग (सीपिएल) मा उच्च प्रदर्शनलाई निरन्तता दिएका छन् । सीपिएल अन्तर्गत डारेन सामी नेसनल क्रिकेट मैदानमा मंगलबार राति भएको सेन्ट लुसियाविरुद्धको खेलमा सन्दीपले महत्वपूर्ण दुई विकेट लिन सफल भएका छन् ।

सन्दीपले दुई ओभर बलिङ गर्दै १३ रन खर्चिएर २ विकेट लिन सफल भएका थिए । उनले डेभिड वार्नरलाई कट एन्ड बोल्ड तथा अहमेद क्वेजलाई आउट गरे । सीपिएलमा सन्दीपको यो सातौ विकेट हो । यसअघिका तीन खेलमा सन्दीपले ५ विकेट लिन सफल भएको थियो ।

Advertisement
Advertisement

सेन्ट लुसियामाथिको ७ विकेटको सहज जित दिलाउने क्रममा सेन्ट लुसिया स्टारले दिएको ७० रनको झिनो लक्ष्य सेन्ट किट्सले ८ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । सेन्ट किट्सका लागि डिभोन थोमसले नटआउट सर्वाधिक ३८ रन जोडे । ब्रान्डन किङले १७ रन बनाए । इभिन लेभिस १३ रनमा आउट भए । सेन्ट लुसियाका मिचेल म्याचिङघलम र केभिज हजले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सेन्ट लुसिया १२ ओभर ३ बलमा ६९ रनमा खुम्चियो । उसका लागि अहमेद क्वेजले सर्वाधिक २४ रन बनाए । डेभिड वार्नरले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।सेन्ट लुसियालाई कम रनमा समेट्न सेल्डन कट्रेलले ३ विकेट लिए । सन्दीप लामिछाने र मामदुल्लाहले समान २ विकेट लिए । कार्लोस ब्रेथवेट र वेन कटिङले समान १ विकेट लिए । चार खेलबाट दुई जितसँगै सेन्ट किट्स अंक तालिकाको चौथो स्थानमा उक्लएको छ ।

Advertisement

सेन्ट किट्सले अब २५ अगस्टमा बार्वाडोस ट्रिडेन्ससँग खेल्नेछ । त्यसपछिका खेलहरु भने सन्दीपले गुमाउनेछन् । सन्दीप २८ अगस्टमा एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टिमसँग जोडिनेछन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top