Nepal Times
Nepal Times
3
Shares

मोरङको चिसाङ खोलामा सिंचाईको व्यवस्था : प्रधानमन्त्री ओली

मोरङको चिसाङ खोलामा सिंचाईको व्यवस्था : प्रधानमन्त्री ओली

विराटनगर,भदौ ६

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिबाट कुनै आर्थिक लाभ नलिने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीले बुधबार विहान मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्री ओलीले आफू आर्थिक लाभ लिन सत्तामा नगएको उल्लेख गरे ।

उनले मुलुक बदल्ने प्रतिज्ञाका साथ मुलुकको बागडोर सम्हालेको बताए । उनले भ्रष्टाचार हुन नदिने प्रतिबद्धता जनाउँदै सबैलाई इमान्दारिताका साथ काम गर्न निर्देशनसमेत दिए ।

उनले, तमोर नदीबाट उच्च बाँध बनाएर मोरङको चिसाङ खोलामा पानी ल्याएर सिंचाईको व्यवस्था गर्ने उद्घोषसमेत गरे । कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकाल, उर्जामन्त्री वर्षमान पुन, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायतले वर्तमान सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ केन्द्रित भएको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.