विराटनगर,भदौ ६
उर्जा मन्त्री वर्षमान पुन अनन्तले मोरङको लोहन्द्रा खोलाले गत वर्ष बगाएको सिंचाई नहरसहितको पुलको आज स्थलगत अवलोकन गरेका छन् । पुल बगाएपछि मोेरङको कसेनी र सिसवनीबीचको सडक सञ्जाल अझै जोडिन सकेको छैन भने मोरङ जिल्लाको आधाजस्तो कृषि भूमिमा सिंचाई सुविधा टुटेको छ ।
स्थलगत अनुगमन निरीक्षण पछि मन्त्री पुनले यसै वर्ष पुल निर्माणको काम अघि बढाउने आश्वासन दिए । सुनसरी मोरङ सिंचाई योजना अन्तरगत रहेको सो पुल जनताको आवतजावतसंगै खोलामाथिबाट पानी लैजाने दुई प्रयोजनबाट उपयोग भइरहेको थियो । त्यसको पुर्ननिर्माणमा सरकारले सहयोग गर्ने उनले बताए ।
मोरङ निर्वाचन क्षेत्र नम्वर ४ का सांसद अमनलाल मोदीको नेतृत्वमा स्थानीयले मंगलवार प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै सिंचाई र यातायात सेवा सूचारु गराउन माग गरेका थिए । प्रधानमन्त्रीको समेत आग्रहमा उर्जामन्त्रीले स्थलगत निरीक्षण गरेका हुन् ।