×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

प्रदेशले दिएको विदालाई दोश्रो पटक पनि स्वीकारेनन् सिडियोले

६ भाद्र २०७५
विराटनगर,भदौ ६
प्रदेश १ का प्रमुख जिल्ला अधिकारीहरुले दोश्रो पटक पनि प्रदेश सरकारले घोषणा गरेको विदालाई अस्विकार गरेका छन् । प्रदेश १ को मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले बकर इदका अवसरमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार १४ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर विदा कार्यन्वयनबारे जानकारी गराएको थियो । तर मन्त्रालय रहेको जिल्ला मोरङमै भने जिल्ला प्रशासन कार्यालय लगायतका अन्य कार्यालय खुलेका छन् ।
घोषणा गरेको विदा कार्यन्वयन हुन नसकेपछि प्रदेश सरकारको कार्यक्षमताबारे सर्वसाधारणले नै प्रश्न उठाउन थालेका छन् । उनीहरुले निर्णय कार्यन्वयन गर्न नसक्नुलाई सरकारको असक्षमता भन्दै टिप्पणी गरेका हुन् । यसअघि पनि साउन २४ गते प्रदेश सरकारले प्रदेश १ मा विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
तर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले संघीय सरकारको मातहतमा भएका कारण प्रदेश सरकारले दिएको विदा कार्यन्वयन गर्न नसकिने भन्दै कार्यालय खोलेका थिए । आन्तरिक मामिलाले विदाबारे जानकारीसहितको पत्र पठाएपछि मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले गृहमन्त्रालयमा सम्पर्क गरेर राय लिएका थिए ।
विदा घोषणा गरेपनि जिल्ला प्रशासन कार्यालयसहित केन्द्र सरकारकै मातहत रहेका सरकारी वित्तीय संस्थाहरु र अन्य कार्यालय पनि खुलेका छन् ।
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top