काठमाडौं : सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको छ । यो समाचार आजको कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ ।
सरकारबाट २० हजारमा भाडामा लिइ अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको भेटिएपछि सम्झौता खारेज गर्न लागिएको उल्लेख छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीलाई भन्छन् ‘सरकारबाट सटर भाडामा लिएर ५ गुणा भन्दा बढीमा अन्य व्यापारीलाई दिइएको पाइएको छ । अब बिचौलियाको सिन्डिकेट अन्त्य गर्छौं ।’