१० भदौ ,काठमाडौं ।
काठमाडौं महानगरपालिकाले शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङमा राखिएका कुर्सीहरू हटाएको छ । पार्किङ खाली गराउनका लागि महानगरले उक्त स्थानबाट कुर्सी हटाएको हो ।विभागको बेसमेन्ट सेवाग्राहीको होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकामा महानगरको टोलीले त्यहाँ भएका कुर्सीहरू हटाएर खाली गरिदिएको थियो ।
महानगरले बेसमेन्ट खाली गराएपछि विभागले शुक्रबारै एक सूचना जारी गरेको छ । अबदेखि उक्त स्थान सेवाग्राहीका लागि पार्किङस्थलका रूपमा प्रयोग हुने जानकारी विभागले दिएको हो ।
‘साविक यस विभागको Basement राहदानी आवेदकहरूका लागि Holding area का रूपमा प्रयोग हुँदै आएकोमा अबदेखि सेवाग्राहीका लागि Parking स्थलका रूपमा प्रयोग हुन काठमाडौं महानगरपालिकाले विभागको Basement खाली गराएकोले मिति २०७९/०५/१२ आइतबारका दिनदेखि उक्त Basement सेवाग्राहीका लागि Parking स्थलका रूपमा प्रयोग हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ विभागले आज जारी गरेको सूचनामा भनिएको छ ।