११ भदौ, विराटनगर ।
आउँदै गरेको ऋषी पञ्चमीको अवसर पारेर श्री गुरु कविर साहेव स्थान विराटनगरले वृद्ध आश्रममा रहेका जेष्ठ नागरिकलाई जलपान गराएको छ । विराटनगर ८ अशोक चोकमा रहेको विराटेश्वर वृद्धाश्रमका ६३ वृद्धवृद्धालाई साहेव स्थानले शनिवार जलपान गराएको हो ।
आश्रममै आयोजना गरिएको जलपान कार्यक्रममा वृद्धवृदाहरुलाई मिष्ठान्नसहितका परिकारहरु खुवाइएको हो । श्री गुरु कविर साहेव स्थान, कविरका अनुयायीहरुको मन्दिर हो । कविरको मन्दिरले विभिन्न धार्मिक अवसरहरुमा भजन कृतन एवं जालपान लगाएतको समाजिक काम गर्दै आएको कविर स्थान समिति विराटनगरका अध्यक्ष बाबुप्रसाद यादवले जानकारी दिए ।
कार्यक्रममा आश्रमका अध्यक्ष जगत अज्र्यालले जेष्ठ नागरिकलाई लक्षितगरी जालपान कार्यक्रम आयोजाना गरेकोमा कविर मन्दिर समितिलाई धन्यवाद समेत व्यक्त गरे । विराटनगरमा मात्र श्रीे कबिर साहेवको ६ वटा स्थान रहेको छ ।
विराटनगरभित्र मात्र एक हजारको संख्यामा गुरु कबिर साहेबका अनुयायीहरु रहेका छन् । गुरु कविर साहेव ५६८ वर्ष अघि भारतमा जन्म भएको किंबदन्ती छ । उनले विश्वमा छुवछुत उन्मूलनका लागि अगुवाको भुमिका खेलको अनुयायी बताउछन् । श्री कविर साहेव हिन्दु धर्म अन्तर्गत नै पर्दछ ।