एजेन्सी, भदौ ७
जकार्ता – १८ औं एसियाली खेलकुद अन्तर्गत आर्चरीको एकल रिकर्भमा नेपालका तिलक पुन मगर प्रिक्वाटरफाइनलमा प्रवेश गर्दा ज्ञानु अवाले र रोशन नगरकोटी राउण्ड अफ ३२ बाट बाहिरिएका छन् । पुरुषतर्फ राउण्ड अफ ३२ मा नेपालका तिलक पुन मगरले भुटानका वाङदी लामालाई ६–० ले पराजित गरे ।
पहिलो सेट २७–२५ ले जितेका तिलकले दोस्रो सेटमा २६–२५ को जित हात पारेका थिए । तेस्रो सेटमा २९–२३ को जित दर्ता गर्दै तिलक अर्को चरणमा प्रवेश गरेका हुन् । छनोटमा ६ सय ४१ अंक जोड्दै ३७ औं स्थान हासिल गरेका तिलकले राम्रो प्रदर्शन गरे । उनले अब क्वाटरफाइनल प्रवेशका लागि चीनका जु तियान्युको सामना गर्नेछन् ।
सोहि स्पर्धामा अर्का खेलाडी रोशन नगरकोटीले श्रीलंकाली खेलाडी सजीव डा सिल्भासँग ६(० ले पराजित भए । श्रीलंकाली खेलाडी २७–२४, २८–२४, २७–२५ ले विजयी हुँदै प्रि(क्वाटरफाइनल पुगेका छन् । सजीवले अब चाइनिज ताइपेइका वेई चुङहेङको सामना गर्नेछन् ।
ज्ञानु हङकङकी लाम शुक चिङ अदासँग ६(२ ले पराजित भएकी हुन् । पहिलो सेट २७(२२ ले पराजित भएकी ज्ञानुले दोस्रो सेटमा २७(२३ को हार बेहोरिन् । तेस्रो सेटमा लामको तेस्रो प्रहार खराब हुँदा ज्ञानु २६(२१ ले विजयी रहिन् । चौह्तो सेटमा लामले पुन लय समातिन र ज्ञानु २८(२३ ले पछि पर्दै खेल गुमाउन पुगिन् ।
यसअघि ज्ञानुले छनोट चरणमा ५ सय ८६ अंक जोड्दै ५५ औं स्थानमा रहेर एलिमिनेसन चरणको लागि छनोट भएकी थिइन् । छनोटमा ६८ खेलाडीले सहभागिता जनाएका थिए । ज्ञानुलाई पराजित गरेकी लामले अब चाइनिज ताइपेइकी तान याटिङको सामना गर्ने्छिन् । नेपालबाट असिम शेरचन र मिनप्रसाद गौचनले छनोट चरण पार गर्न सकेका थिएनन् ।