एजेन्सी, भदौ ५
आयरल्याण्ड विरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा अफगानिस्तान ८१ रनले विजयी भएको छ । जितसँगै अफगानिस्तानले ३ खेलको श्रृखंला आफ्नो पक्षमा पारेको छ ।
आयरल्याण्डको ब्रिडेमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेका अफगानिस्तानले २० ओभरमा आठ विकेट गुमाएदै एक सय ६० रन बनाएको थियो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा हर्जतुल्लाह जाजाईले ८२ रन बनाउदा कप्तान अस्घर अफघानले ३७ तथा नाजिबुल्लाह जार्दनले २० रन बनाए ।
जवाफमा आयरल्याण्ड १५ ओभरमा मात्र ७९ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा विलियम पोटरफिल्डले ३३ तथा कप्तान ग्यारे विल्सनले २२ रन बनाए । बाकि खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । आयरल्याण्डको पारिलाई कमजोर पार्न रासिद खानले चार तथा मुजिब उर रहमानले तीन विकेट लिए ।