सय जनाको टोलीसहित चिनियाँ सभामुख नेपाल आउँदै

२२ भदौ , एजेन्सी ।
पछिल्लो केही समय यता अमेरिका र चीनको चासोको केन्द्र बन्दै आएको नेपालमा अमेरिकी र चिनियाँ नेताहरुको भ्रमण बाक्लिएको छ । अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक विदेशमन्त्री एलिजाबेथ होस्र्ट नेपाल आएकी छन् ।

काठमाडौंमा हुने जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमका लागि उनी काठमाडौं आएको अमेरिकी दूतावासले जनाएको छ । ’आफ्नो भ्रमणको क्रममा उहाँ जलवायु परिवर्तनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुनुहुनेछ । पहिलो पटक आयोजना हुन लागेको क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क सम्मेलनमा सहभागी हुनुहुनेछ,’ दूतावासले भनेको छ ।

पछिल्लो समय नेपालमा अमेरिका र चीनका उच्च पदाधिकारीहरुको भ्रमण बाक्लै गरि हुन थालेको छ । यस्तै आउँदो भदौ २७ गते चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणका लागि आउँदै छन् । रुस र मंगोलियाको भ्रमण सकेर काठमाडौं आउन लागेका लीको साथमा करिब १ सय जनाको टोली रहनेछ ।

Advertisement

चिनियाँ संसदको सभामुख लीको भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टी मन्त्रीस्तरका ६ जना, राज्यमन्त्रीस्तरका दुई जना नेता र विदेश मन्त्रालयका उच्च अधिकारीहरू रहनेछन् । त्यसबाहेक चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरू पनि रहने बताइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको निम्तामा आउन लागेका ली चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेतासमेत हुन् । सवैधानिक रूपमा राष्ट्रपति सी जिनपिङपछि दोस्रो वरियतामा रहेका ली पार्टीको प्रभावशाली राजनीतिक ब्युरोका सात सदस्यमध्ये एक हुन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top