पोखरा महानगरले आफ्नै अवैध सटरमा डोजर लगायो

२२ भदौ ७९, बिहीबार

२३ भदौ , काठमाडौं ।

काठमाडौं महानगरले भदौ ६ गतेबाट सुरु गरेको अवैध संरचना भत्काउने अभियान अहिले देशका विभिन्न पालिकासम्म पुगेको छ । अन्य आधा दर्जन पालिकाहरुले पनि अवैध संरचना हटाउन ३५ दिने सूचना जारी गरेका छन् । यसैक्रममा पोखरा महानगरपालिकाले भाडामा लगाएका आफ्नै स्वामित्वमा रहेका सटरहरु भत्काएको छ। महेन्द्रपुलमा रहेको आर्ट ग्यालरी तथा सार्वजनिक पुस्तकालयसमेत भत्काइएको छ ।

ती दुवै संरचना ती सटरहरुको माथिल्लो तलामा थिए । पोखरा सार्वजनिक पुस्तकालय हाल पोखरामा रहेको एउटामात्र सार्वजनिक पुस्तकालय पनि हो। डोजर लगाउनुपूर्व ३५ दिने सूचनामार्फत अवैध संरचना हटाउन र महेन्द्रपुलमा आफ्नै स्वामित्वमा रहेका सटर खाली गराउन महानगरपालिकाले निर्देशन दिएको थियो । महानगरले महेन्द्रपुलको मुखमा रहेका ३२ सटरहरु लामो समयदेखि भाडामा लगाउँदै आएको थियो ।

पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले संरचना भत्काउने काम एक महिनाभित्रै सक्ने र एक वर्षभित्र सो ठाउँमा पार्क र सेती खोंच हेर्ने पर्यटकीय केन्द्र बनाइने बताएका छन । त्यहाँ रहेको सार्वजनिक शौचालयलाई भने नयाँ रुपमा सोही ठाउँमा राखिने उनले बताएका छन् । महेन्द्रपुलमा महानगरका ३ ब्लक ‘क, ख, ग’ मा ३२ सटर छन । महानगरले त्यहाँको सटर विभिन्न व्यक्तिलाई भाडामा लगाएको छ। गललाद्दिन मियाँले क ब्लकका सटर मासिक ४० हजारमा भाडामा लिएका थिए ।

तर राजनीतिक पहुँच र सेटिङमा दिलाइएका ती सटरहरुको सम्झौता २०७७ सालको असारमै सकिएको थियो। तर, उनीहरुलाई हटाइएको थिएन । यस्तै २०७७ साउनदेखि त्यहाँका व्यवसायीहरुले सटर भाडा समेत नतिरेको बताइएको छ । पोखरा महानगरको छैटौं नगरसभाले सो क्षेत्रमा रहेका भवन र सटर भत्काउने निर्णय गरेको थियो। २०७६ सालमा भएको निर्णय कार्यान्वयन भएको थिएन ।

बिहीबार महानगरले डोजर चलाउँदा आर्ट ग्यालरी भत्काउने निर्णयको कलाकर्मीबाट विरोध भएको थियो । विरोधपछि पोखरा महागनरपालिकाका तत्कालीन मेयर मानबहादुर जिसीले संग्रहालयमै आर्ट ग्यालरी र पुस्तकालय बनाउने आश्वासन दिएका थिए। आर्ट ग्यालरी र पाठकका लागि सार्वजनिक पुस्तकालय बनाउन प्रदेश गण्डकी प्रदेश सरकार तयार भएको छ। संग्रहालयले २० लाख रूपैयाँमा डीपीआर बनाउने जिम्मा दिएको छ।

वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष शंकर बास्तोलका अनुसार महेन्द्रपुलमा रहेका ती सटर भत्काएर त्यहाँको पुस्तकालय र आर्ट ग्यालरी पोखरा ४ मा स्थान्तरण गर्ने सहमति पनि भएको थियो। वडा नम्बर ४ मा बहुउद्देश्यीय भवन बनाउन १ करोड ५० लाख बजेट पनि छुट्याइएपनि उक्त योजनामाथि काम हुन सकेको छैन् ।पोखरामा मेयर धनराज आचार्यको उपस्थितिमा महेन्द्र पुल क्षेत्रका ३२ सटरमा डोजर चलाइएको हो । पर्याप्त सूचना दिएर अनधिकृत संरचना हटाउन लागिएको मेयर आचार्यले बताएका छन् । उनले पर्यटकीय नगरी पोखरालाई व्यवस्थित शहर बनाउने योजना अनुसार अनधिकृत संरचना हटाउन लागिएको बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top