बेलायती राजकुमार विलियम र ह्यारीको पुनर्मिलन

२६ भदौ , एजेन्सी ।
महारानी एलिजाबेथ द्वितीयको निधनको शोकमा यतिबेला बेलायती जनता शोकमा छन् । विश्वभरका नेताले शोक ब्यक्त गरेका छन् । आफ्नी हजुरआमाको निधनपछि शाही दरबार र पद त्याग गरेका शोकमा रहेका प्रिन्स ह्यारी र उनकी पत्नी मेघन संयुक्त राज्य अमेरिकाबाट बेलायत आएका छन् । ह

जुरआमा महारानी एलिजाबेथको यही शोकले बेलायती राजपरिवारमा फेरि पुनर्मिलन भएको भन्दै दुई दाजुभाइबीचको दरार पनि यही शोकले समाधान गर्न मद्धत गर्ने अहिले बेलायतीवासीले अपेक्षा गरेका छन् । लण्डनमा रहेका ह्यारी दम्पत्ति दाजु भाउजु विलियम दम्पत्तिसँगै महारानीको शोकमा बेलायती जनताले ब्यक्त गरेका शोक शब्दसहितको शोकसभाको अवलोकनमा सँगसँगै देखिएपछि दरबार भित्रको दरार अन्त्य हुँदै गएको विश्लेषण गरिएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

बिहीबार महारानीको निधनको समयमा बेलायतको दुर्लभ भ्रमणमा गएका ह्यारी दम्पती दाजु विलियम र भाउजु केटसँग शनिबार विन्डसर क्यासलमा पुनर्मिलन भएको दृश्य बाहिरियो । २०२० को प्रारम्भमा अमेरिका गएपछि यो दाजुभाइका परिवारको पहिलो संयुक्त सार्वजनिक उपस्थिति थियो। शोकपूर्ण कालो पहिरन लगाएका उनीहरूले शुभचिन्तकहरूलाई अभिवादन गर्न सँगै आउनु अघि एक अलग जोडीको रूपमा हेरेका थिए ।

Advertisement

तर उनीहरुले आफूहरु बीच कुनै तीक्तता नरहेको जनाउ बेलायती जनतासमक्ष देखाए ।क्यामेराको अगाडि पुनः एकजुट देखिएका उनीहरूको नराम्रो रूपमा टुटेको सम्बन्ध सुधार्ने प्रगतिको संकेतको रूपमा बेलायती जनताले लिएका छन् । दाजुभाई दम्पत्तिसहितको यो उपस्थितीलाई त्याहा सहभागि शोकमा रहेका बेलायती जनताले हार्दिकताका साथ स्वागत गर्दै खुशीको ताली बजाएका थिए ।

दुई दिन अघि, यो एक फरक कथा थियो, हजुरआमाको निधनमा जब ह्यारी आँशु खसाल्दै बालमोरल एस्टेटमा गाडीमा एक्लै पुगेका थिए । शाही विज्ञ रिचर्ड फिट्जविलियम्सले बिहीबारको छुट्टै आगमनले भाइहरू “विनाशकारी“ भएको देखाएको टिप्पणी गरेका थिए । ह्यारी र मेघनको दरबार त्यागले बेलायतमा राजतन्त्र विरोधीलाई बल पुर्याएको उनको टिप्पणी छ ।

अब राजतन्त्रको “भविष्यको लागि, बल उनीहरूको कोर्टमा रहेको र यो उनीहरूले कसरी खेल्छन् भन्नेमा निर्भर हुने उनले उल्लेख गरेको डेलीमेलले उल्लेख गरेको छ । १९९७ मा पेरिस कार दुर्घटनामा राजकुमारकी आमा डायनाको मृत्यु हुदा विलियम १५ वर्षका थिए भने ह्यारी १२ वर्षका मात्र थिए ।

तर विलियमले २०११ मा लामो समयदेखिकी प्रेमिका केट मिडलटनसँग विवाह गरेर परिवार सुरु गरेपछि क्रमश दाजुभाइको बाटो अलग हुदै गएको थियो । यो बाटोलाई सन् २०१८ मा ह्यारीले मिश्रित जातिकी अमेरिकी टेलिभिजन अभिनेत्री मेघनसँगको विवाहपछि दाजु भाईको सम्बन्ध तनावग्रस्त बनेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top