२९ भदौ, काठमाडौं ।
परराष्ट्रमन्त्री डा नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् ।एलिजाबेथको अन्त्येष्टि सेप्टेम्बर १९ मा हुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले एलिजावेथको अन्त्येष्टिमा परराष्ट्रमन्त्री खड्का जान लागेको जानकारी दिए ।परराष्ट्रमन्त्री खड्काका स्वकीय सचिव लिला भट्टराईले शनिबार बेलायत प्रस्थान गर्ने बताए ।