×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

असोज १ देखि काठमाडौंमा धूमपान निषेध

३० भाद्र २०७९

३० भदौ, काठमाडौं ।

काठमाडौंमा विद्यमान कानून कार्यान्वयनमा कडाईका साथ प्रस्तुत हुँदै आएको बालेन्द्र साह बालेन नेतृत्वको काठमाडौं महानगरपालिकाले आगामी असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धूमपान गर्न निषेध गर्ने भएको छ । महानगरपालिकाले बिहीबार सूचना जारी गरी असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ खान प्रतिबन्ध लगाउने भएको हो ।

Advertisement
Advertisement

सार्वजनिक स्थललाई धूमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन महानगरपालिकाले सबैसँग आग्रह पनि गरेको छ । सूचनाबमोजिम नियम पालना नगर्नेलाई कारबाही र जरिवाना तिराइने महानगरपालिकाले जनाएको छ । सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ खान नपाइने व्यवस्था छ भने दफा ५ मा सार्वजनिक निकायलाई धूमपान तथा सूर्ती खान निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ ।

Advertisement

तर ऐन लागू भएको वर्षाै वितेपनि अहिलेसम्म यसको पूर्णकार्यान्वयन हुन् सकेको थिएन । महानगरले पछिल्लो समय नक्सा वमोजिमका वाहेक अनाधिकृत संरचना खाली गराउँदै आएको छ भने महानगर क्षेत्र भित्रका फुटपाथका पसलसमेत हटाउने अभियान जारी राखेको छ । महानगरको यो निर्णयको भने साना व्यवसायीहरुले विरोध गर्दै आएका छन् । व्यापारिक प्रयोजनका लागि महत्वपूर्ण चाडबाडको समयमा महानगरले गरि खान नदिएको साना व्यवसायीको आरोप रहेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top