जन्मदिन मनाउन ४८ तले भवन चढेपछि…

३ असोज,एजेन्सी ।

फ्रान्सको ‘स्पाइडर–म्यान’ नामले चिनिने आरोहणकर्ताले सुरक्षा साधन प्रयोग नगरी पेरिसस्थित एउटा ४८ तले भवन चढेर आफ्नो ६०औँ जन्मदिन मनाएका छन् । एलेइन रोवर्टले कुनै डोरी वा हार्नेस प्रयोग नगरीकनै डिफेन्से व्यापरिक जिल्लामा रहेको टोटलइनर्जीज भवन चढेका थिए ।

उनले अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई भनेका छन्, “म मानिसहरूलाई ६० वर्ष उमेर भनेको केही पनि होइन भन्ने सन्देश दिन चाहन्छु । यस उमेरमा तपाईंले पनि अझै खेलकुदमा संलग्न भएर सक्रिय रहन र महत्वपूर्ण कामहरू गर्न सक्नुहुन्छ ।”

तर, भवनको टुप्पोमा पुगेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । रोवर्टले विगतमा पनि यो भवन धेरै पटक चढिसकेका छन् । न्युज साइट डिफेन्से ९२ का अनुसार उनी केवल ६० मिनेटभित्र भवनमा चढेका थिए ।

भवनमा चढेपछि रोवर्टले भनेका छन्, “धेरै वर्षअघि नै मैले ६० वर्ष पुगेपछि यो भवन फेरि चढ्ने वाचा गरेको थिएँ । किनभने फ्रान्समा ६० वर्षमा कामबाट अवकाश प्राप्त हुन्छ । साथै यस चढाइको उद्देश्य विश्वमा बढिरहेको तापक्रमको समस्याबारे चेतना फैलाउनु पनि हो ।”

जलवायु परिवर्तनको सचेतना जगाउन आरोहण गर्ने रोबर्टले पहिले नै धेरै भवनहरु च्ढिसकेका छन् । उनले दक्षिणी फ्रान्सको आफ्नो गृहनगर भ्यालेन्स नजिकैको चट्टानमा तालिम लिएर सन् १९७५ मा आरोहण गर्न सुरु गरेका थिए । उनले १९७७ मा एकल आरोहण गरेर द्रुत आरोही बनेका थिए ।

त्यसबेलादेखि, उनले विश्वको सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खलिफा ,एफिल टावर र सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिज सहित विश्वभर १५० भन्दा बढी अग्ला संरचनाहरू चढिसकेका छन् । अक्टोबर २०१८ मा, उनी लन्डनको २०२ मिटर सेल्सफोर्स टावर, हेरोन टावर बिना डोरी वा अन्य सुरक्षा उपकरणहरू विनानै चढेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

यस्तै सेप्टेम्बर २०१९ मा, रोबर्टलाई जर्मन पुलिसले फ्रान्कफर्टको एक अग्लो भवन चढेपछि पक्राउ गरेको थियो। रोबर्टले जर्मनीको आर्थिक राजधानीको मुटुमा रहेको १५३ मिटर अग्लो स्काइपर भवन चढ्न २० मिनेट मात्रै लगाएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top