एमाले नेताले प्रशासकीय प्रमुखलाई दिए ज्यान मार्ने धम्की

१४ असोज ७९, शुक्रबार
Share this
691shares

१४ असोज, काठमाण्डौ ।
धनकुटाका नेकपा एमालेका निवर्तमान सांसद राजेन्द्र राईले पाख्रिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन् । उनले टेलिफोन गरेर पौडेललाई तत्काल जिल्ला छाड्न धम्की दिदै अस्तित्व समाप्त पारिदिने धम्की दिएका हुन् ।

Advertisement

सार्वजनिक भएको अडियो रेकर्डमा धनकुटाबाट २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित राजेन्द्र राईले पौडेलाई टेलिफोनमार्फत् भनेका छन्, ‘जिल्ला कुल्चन दिन्न, तपाईंका छोराछोरी रुला । खुरुक्क जानुहोस् ।’धनकुटा आफ्नो ठाउँ भएको भन्दै राईले भने,‘तपाईं मेरो ठाउँमा आएर शासन गर्ने ? ख्याल गर्नुहोला । अस्तित्व समाप्त पारिदिन्छु ।’

तर म हेर्दैछु, तपाईंलाई कसैले जोगाउन सक्दैन,’ उनले भनेका छन्, ’तपाईंको शेरबहादुर देउवा, रामचन्द्र पौडेल जो आएपनि जोगाउन सक्दैन। तपाईंलाई मैले भनिदिएको छु, खुरुक्क जाने अब। जिल्लामा तपाईं जति मान्छे कति झुण्डाएर हान्देको छु थाहा छ? हान्न बाँकी छ, तपाईंले डडाल्नो दह्रो बनाएर राख्ने कुरा यत्ति क्लियर हो।’

Advertisement

सांसद राईले ज्यान मार्ने धम्की दिएपछि पौडेलले सरकारका निकायसँग सुरक्षा माग गरेका छन्। प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सिडीयो कार्यालय लगायतलाई बोधार्थ दिएर सुरक्षाको माग गरेका छन्। राजेन्द्र राई र प्रकाशराज पौडेलको संवाद यस्तो रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top