Nepal Times
Nepal Times
3
Shares

सल्यानमा जीप दुर्घटना /दुई जनाको मृत्यु, १७ जना घाइते

सल्यानमा जीप दुर्घटना /दुई जनाको मृत्यु, १७ जना घाइते

१५ असोज, काठमाण्डौ ।
सल्यानको कुमाख गाउँपालिका ७ चिसापानीमा आज विहान जीप दुर्घटना भएको छ । दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । कुमाख गाउँपालिका– ७ डुमकोटबाट शारदा नगरपाकिला–११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जीप आज दुर्घटना भएको हो ।

दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने करिब ३९ वर्षीय मान बहादुर पुन र करिब १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना हुँदा जीपप सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ । जिपमा १९ जना यात्रु सवार रहेको खनालले जनाए । यसअघि गत मंगलबार राति कपुरकोट गाउँपालिकाको मूलपानीनजिकै जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो । दुर्घटनास्थलमा ८ जना र एक जना घाइतेको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.