रंगशालामा भागदौड हुँदा १२७ जनाको मृत्यु

१५ असोज, एजेन्सी ।
इन्डोनेसियामा एक फुटबल खेलमा भागदौडका क्रममा १२७ जनाको मृत्यु भएको छ । सोहीक्रममा १८० जना घाइते भएको छ । इन्डोनेसियास्थित पूर्वी जाभा प्रान्तको रंगशालामा खेल सकिएपछि दंगा भएको थियो । त्यसपछि भएको भागदौडमा सो हताहती भएको जाभा प्रान्तको प्रहरी प्रमुखले बताएका छन् ।

इन्डोनेसियाली प्रिमियर लिगको खेल समाप्त भएपछि दुई प्रतिद्वन्द्वी फुटबल टोलीका समर्थकहरू बीच धेरै विवाद भएको थियो । जसमा पर्सेबाया सुराबायाले अरेमा मलंगलाई ३–२ ले हराएको थियो । हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए भने भीड नियन्त्रण गर्न अधिकारीहरूले अश्रु ग्यास प्रहार गरेका थिए ।

जसका कारण भीडमा भागदौड मच्चिएको थियो ।अश्रु ग्यासबाट बच्न सयौं मानिस बाहिर निस्किएर गेटमा दौडिए । कोही अराजकतामा निसासिए र अरूलाई कुल्चिए, जसबाट धेरै मानिसहरूको तत्कालै मृत्यु भएको समाचार एजेन्सी एएफपीले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताएको छ ।

३ सयभन्दा बढी घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा लगिएको थियो तर धेरैको बाटोमा र धेरैको उपचारका क्रममा मृत्यु भएको हो । पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्ताका अनुसार घटनामा दुई जना प्रहरीको पनि मृत्यु भएको छ । ‘३४ जनाको रंगशालाभित्रै मृत्यु भएको हो । अरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको उनले बताएका छन् ।

उनका अनुसार रंगशालामा अक्सिजनको कमि भएका कारण उनीहरुको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान सुरु भएको बताउदै इन्डोनेसियन फुटबल एसोसिएसनले यो घटनाले इन्डोनेसियन फुटबललाई ’कलंकित बनाएको’ बताएको छ । घटनापछि यहाँकै मुख्य मानिने लिग बिआरई लिग १ एक साताका लागि रोकिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top