×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विवेकशील साझा लुम्बिनीमा ३१ जनाको सामूहिक राजीनामा ,अधिकाँश राप्रपा जाने

१६ आश्विन २०७९

१५ असार, काडमाण्डौ ।

विवेकशील साझा पार्टीको लुम्बिनी प्रदेश समितिका पदाधिकारीसहित अधिकांशले सामूहिक राजनामा दिएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै उनीहरुले राजीनामा दिएको जनाएका छन् । समितिले लुम्बिनी प्रदेशका जिल्ला, गाउँ, नगर लगायत सबै समिति खारेज गरेको पनि उल्लेख गरेको छ ।

Advertisement

पूर्व अध्यक्ष रवीन्द्र मिश्र हालै राप्रपा प्रवेश गरेसँगै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । मिश्रले पार्टी परित्याग गरेपछि पार्टीका नेताहरुले छलफल नै नगरी ‘विचार भन्दा माथि देश’ दस्तावेज खारेज गरेकोप्रति असहमति जनाउँदै सामूहिक राजीनामा गरिएको पार्टीका लुम्बिनी प्रवक्ता केशवराज खनालले बताए ।

 

‘पार्टीका सार्वभौम सदस्यहरूसँग सहकार्य नै नगरी काठमाडौंमा रहेका सिमित व्यक्तिहरूले एकलौटी रूपमा खारेज गरेको तथा रवीन्द्र मिश्र बिनाको वैकल्पिक राजनीति सफल नहुने यथार्थ कुरामा सिंगो लुम्बिनी प्रदेशका सम्पूर्ण सदस्यहरूको ठहर छ,’ ३१ सदस्यले बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

प्रदेश समिति संयोजक अनुपमान सैंजु, संगठन विभाग प्रमुख मधुसुदन केसी, प्रवक्ता केशवराज खनाल, कोषाध्यक्ष डा. अमित केसी लगायत ३१ जनाले राजीनामा दिएका छन् । राजीनामा दिएकामध्ये अधिकांश राप्रपामा जाने तयारीमा रहेको एक पदाधिकारीले बताए । यस्तै आजै गण्डकी प्रदेशका प्रदेश संयोजकसहित ४ सदस्यले पनि राजीनामा बुझाएका छन् ।

गण्डकीका प्रदेश संयोजक शुसिला केसी अधिकारी, केन्द्रीय सदस्यहरू अमृत पुडासैनी, अर्जुन खनाल र हरिप्रसाद गौतमले राजीनामा दिएका हुन् । रविन्द्र मिश्रले आफू विवेकशील साझाको अध्यक्ष हुँदा नै राप्रपासंग पार्टी मर्ज गर्ने तयारी गरेका थिए । तर वैशाखको स्थानीय निर्वाचनमा पार्टीले पराजय भोगेपछि उनले अध्यक्ष पदबाट राजीनामा दिए ।

त्यसपछि पनि सार्वजनिक मंचहरुमा उनले सिंगो पार्टी नभएपनि आफ्नो समूहसहित राप्रपा प्रवेश गर्ने बताएका थिए । रविन्द्र राप्रपा प्रवेश गर्ने दिन उनको साथमा पूर्व पार्टीका केही सदस्यले मात्रै साथ दिएका थिए । पछिल्लो पटक भने लुम्बिनी र गण्डकी प्रदेशबाट विवेकशील साझाको ठुलै समूह राप्रपा जान लागेको हो ।

Advertisement

मिश्रले राजीनामा दिएपछि अहिले समीक्षा बाँस्कोटा विवेकशील साझाकी अध्यक्ष छिन् । पार्टी परित्याग गरेपछि मिश्र र बाँस्कोटा दुवैले एकअर्कालाई सामाजिक संजालमार्फत आगामी दिनका लागि शुभकामना दिएका थिए । आसन्न चुनावको मुखमा पार्टीमा ठूलो संख्याले राजीनामा दिन थालेसंगै भर्खरै बामे सरेको विवेकशील साझालाई अब झनै चुनौती थपिएको छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top