अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित, ब्लुमफिल्ड १ सय ७६ रनले पराजित

विराटनगर,भदौ ८
एसिया कप छनोटका लागि श्रीलंकामा अभ्यासमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । आज भएको अभ्यास खेलमा श्रीलंकाको स्थानिय क्लब ब्लुमफिल्डलाई १ सय ७६ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालले पेश गरेको ३ सय २४ रनको लक्ष्य पछ्याएको ब्लुमफिल्डले ३८ औं ओभर ब्याटिङ गरिरहँदा खराब प्रकाशले खेल सुचारु हुन सकेन । त्यसपछि खेल सुचारु हुन नसक्दा नेपालले डक वर्थ लुईस नियमको आधारमा जित निकालेको हो ।ब्लुमफिल्ड क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरी र सागर पुनको उच्च प्रदर्शनमा ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २३ रनको विशाल योगफल तयार पार्न सफल भयो ।

दीपेन्द्रले ९५ बल खेल्दै सर्वा्धिक १ सय २१ रन जोडे भने सागर पुनले ८३ बल खेल्दै ९२ रन प्रहार गरे । एक समय ८४–४ को स्थितिमा रहेको नेपाल सागर र दीपेन्द्रको उत्कृष्ट ब्याटिङ प्रदर्शनसँगै उकासिएको थियो । नेपाली टोलीका लागि दीपेन्द्र र सागरले १ सय ८५ रनको साझेदारी गरेका थिए ।

त्यस्तै ओपनर अनिल साह १७ रन जोड्दै आउट भए । कप्तान पारस २३ रनमा बोल्ड भए भने अर्का ओपनर सुवास खकुरेल ९ रन जोड्दै क्याचआउट हुन पुगे । ब्याटिङक्रममा बढुवा भएका रोहितले ११ रनमात्र जोड्न सके । करण केसीले १२ बलमा २६ रन जोडे ।

ब्लुमका लागि सनोजले सर्वाधिक ३८ रन बनाउदा अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । सचिनले ३० रन जोडे । कसुन र सेसन समान १६ रनमा आउट भए । निपुनले १२ रन बनाए । नेपालका सागर पुनले ३ विकेट लिए । ललित भन्डारीले दुई तथा पारस खड्का, ललित राजवंशी र बसन्त रेग्मीले समान १ विकेट लिए ।

नेपालले आइतबार कोल्र्टस् क्रिकेट क्लबसँग अन्तिम अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली एसिया कप छनोटको लागि २७ अगस्टमा मलेसिया प्रस्थान गर्नेछ । नेपालको खेलका लागि सिपीएल खेल्दै गरेका सन्दीप लामिछाने पनि २८ अगस्टमा टिमसँग जोडिनेछन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top