चितवनमा रविको अवस्था कस्तो छ ?

२७ असोज, काठमाण्डौ ।
चितवन यसअघिको प्रतिनिधिसभा तथा प्रदेशसभा र दुई वटै स्थानीय निर्वाचनमा सर्वाधिक चर्चाको केन्द्रमा थियो । कारण हो , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार भएकाले संघको चुनाव र पुत्री रेणु दाहाल भरतपुर महानगरको मेयरका लागि मैदानमा उत्रिएकाले चितवन सधैँ चर्चामा रहेको थियो ।

फेरि कांग्रेसका तर्फबाट गठबन्धनविरुद्ध बागी उठेपछि चितवनमा देशभरको ध्यान केन्द्रित बनेको थियो । यसपटक प्रचण्ड त गोरखा पुगेका छन्, तर पनि चितवनको राजनीतिमा चाख नघट्ने देखिएको छ । यसको अर्काे कारण भनेको चाँही कांग्रेसकै बागी तथा राष्ट्रिय स्तरमा नाम चलेका नेता र व्यक्तित्व चितवनमा चुनावी मैदानमा प्रवेश गरेका छन् ।

अझ क्षेत्र नम्बर–२ मा त झन् रोचक भिडन्त हुने भएको छ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, कांग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा निकट व्यापारीक पृष्ठभूमिका नेता तथा राज्यमन्त्री उमेश श्रेष्ठ र नेकपा एमालेका तर्फबाट कृष्णभक्त पोखरेल चुनावी मैदानमा छन् ।

Advertisement

चितवन–२ मा एमाले नेता पोखरेल दोस्रोपटक उम्मेदवार बनेका हुन् । २०७० सालको संविधानसभाको दोस्रो चुनावमा क्षेत्र नम्बर ३ बाट निर्वाचित पोखरेल २०७४ सालको चुनावमा २ बाट निर्वाचित भएका थिए । २०७४ सालको चुनावमा एमाले र माओवादी मिलेर चुनाव लडेका थिए ।

२०७४ सालमा १७ हजार मत अन्तरले विजयी भएका पोखरेललाई यतिबेला भने विगत जस्तो चुनाव जित्न सजिलो छैन । नेकपा एमाले फुटेको छ, कांग्रेस र माओवादी सहितका दलले गठबन्धन गरेका छन् । राप्रपाले पनि आफ्नै उम्मेदवारी दिएको छ । अनि स्वतन्त्र पार्टीका उम्मेदवार रवि पनि पोखरेलका लागि अर्को ठूलो बाधक बन्न सक्ने देखिन्छ ।

राज्यमन्त्री श्रेष्ठ पनि आफूलाई दह्रो उम्मेवार सावित गर्दै चुनावी मैदानमा छन् । श्रेष्ठ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनका साझा उम्मेदवार हुन्। चितवनका लागि उनी नयाँ अनुहार हुन् । व्यापारिक पृष्ठभूमिका श्रेष्ठले शिक्षा, घरजग्गा र जलविद्युतमा लगानी गरेका छन् ।

उनको चितवनमा पर्यटन तथा स्वास्थ्य क्षेत्रमा लगानी रहेको छ । चितवन २ मा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन्। इच्छामनकामना गाउँपालिका र कालिका नगरपालिकामा स्थानीय चुनावमा एमालेले जितेको थियो । एमालेको पकड रहेको क्षेत्र अनि स्वतन्त्र पार्टीका चर्चित उम्मेदवार रवि लामिछानेलाई पाखा लगाएर चुनाव जित्न श्रेष्ठलाई सजिलो देखिन्न ।

लामिछाने पनि बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । यसअघि काठमाडौं वा प्रचण्डको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने बताउँदै आएका लामिछाने अन्तिममा चितवन क्षेत्र नम्बर–२ रोजेका छन् । चितवनसँग आफ्नो विशेष सम्बन्ध रहेको बताउँदै आएका उनले एमाले र गठबन्धनबाट सहज प्रतिस्पर्धी भने पाएका छैनन् ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्याको घटनामा पक्राउ परेर चितवन पु¥याइँदा उनको रिहाइको लागि र पछि समर्थनमा उर्लेको जनसमर्थनलाई नै उनले जितको आधार भन्ने गरेका छन् । तर एउटा घटना विशेषका बेला आएका मान्छे र चुनावी खेल फरक विषय हुन् ।

फेरि त्यो समय उनका लागि चितवनमा देशभरका मानिस पुगेका थिए । अब रविले भन्दै आएको चितवनले लगाएको गुण तिर्ने अवसर चितवन २ का मतदाताले उनलाई दिन्छन् कि दिदैनन् त्यसका लागि भने मंसिर ४ पछिको चुनावी परिणाम पर्खिनु पर्ने छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top