×

NEPAL TIMES UPDATES

Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026

म्यारोडोनाको ‘ह्यान्ड अफ गड’ बल लिलामीमा राखिने

२८ आश्विन २०७९

२८ असोज, एजेन्सी ।
महान् खेलाडी डिएगो म्यारोडोनाले गरेको सबैभन्दा चर्चित ‘ह्यान्ड अफ गड’ गोलमा प्रयोग भएको बल लिलामीमा राखिने भएको छ । उक्त बल ३६ वर्षअघि मेक्सिकोमा सम्पन्न फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रयोग भएको थियो । सन् १९८६ को विश्वकपमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीच सम्पन्न खेलमा म्यारोडोनाले दुई गोल गरेका थिए ।

उक्त खेलमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो । विश्वलाई चकित पार्दै म्याराडोनाको हातले गोल गरेको उक्त बल कम्तीमा २५ लाख पाउन्डमा बिक्री हुने अपेक्षा गरिएको छ । म्यारोडोनाले इंग्ल्यान्डविरुद्ध दोस्रो हाफको छैटौँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो ।

Advertisement
Advertisement

इंग्ल्यान्डका मिडफिल्डर स्टेभ हगले क्लियर गरेको बल राम्रोसँग क्लियर नहुँदा पोस्टको दिशामा गएको थियो । इंग्ल्यान्डका गोलकिपर पिटर शिल्टोन बल पञ्च गर्न अगाडि बढेका थिए । तर, म्यारोडोनाले आफूभन्दा आठ इन्च अग्ला शिल्टनलाई विट गर्दै गोल गरेका थिए ।

ट्युनेसियाका रेफ्री अली बिन नासेरले म्यारोडोनाले हातले गोल गरेको पत्तै पाएनन् । उक्त गोललाई मान्यता दिए । पछि म्यारोडोना आफैँले उक्त गोल हातले गरेको स्वीकार गरेका थिए । पछि उक्त गोललाई ‘ह्यान्ड अफ गड’को नाम दिइयो । र, विश्व फुटबलमा त्यो गोल सबैभन्दा चर्चित छ । म्यारोडोनाले पहिलो गोल गरेको चार मिनेट बित्न नपाउँदै अर्को गोल थपे ।

म्यारोडोनाको उक्त गोललाई पनि विश्वकपको उत्कृष्ट गोलमध्ये एक मानिन्छ । उक्त खेलका रेफ्री अली बिन नासेरले ‘ह्यान्ड अफ गड’ गोल भएको बल अक्सनमा राख्दै छन् । “यो बल अन्तर्राष्ट्रिय फुटबल इतिहासको हिस्सा हो । र, यसलाई संसारको साझा बनाउने सही समय यही हो जस्तो लाग्छ,’’ रेफ्री बिन नासेरले भने, “मलाई आशा छ कि क्रेताले यसलाई प्रदर्शनमा राख्न वा कुनै अन्य तरिकाबाट जनताको बनाउनेछन् ।’’

Advertisement

आउँदो नोभेम्बर १६ मा अक्सनर ग्राहम बडले अक्सन सञ्चालन गर्नेछन् । बोलपत्रदाताहरूले अक्टोबर २८ देखि अनलाइन दर्ता गर्न र बिड गर्न सक्नेछन् । म्याराडोनाले सोही खेलमा लगाएको जर्सी यो वर्षको सुरुमा ७.१४ मिलियन पाउन्डमा बिक्री भएको थियो । विश्वका महान् फुटबलरमध्ये एक म्याराडोनाको २०२० नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top