Nepal Times
Nepal Times
3
Shares

नेप्सेमा आज हाफ सेन्चुरी क्रस ,अर्बमाथिको कारोबार

नेप्सेमा आज हाफ सेन्चुरी क्रस ,अर्बमाथिको कारोबार

१५ कात्तिक , काडमाण्डौ ।
लामो समयको अन्तरालपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५० अंकमाथिको वृद्धि भएको छ । यसदिन नेप्से सूचक ५६.१० अंकले बढ्दै १९३०.९७ अंकमा उक्लिएको हो । समग्रमा आज नेप्से सूचक झन्डै ३ प्रतिशत ९२.९९ प्रतिशत ले बढेको हो ।

क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ११.२८ अंकले बढ्दै ३८२.१४ अंकमा उक्लिएको छ । उसो त नेप्से सूचकले हाफ सेन्चुरी क्रश गरेको बजारमा आज अर्ब माथिको कारोबार भएकोम छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल १ अर्ब २९ करोड ६ लाख ६४ हजार रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक भएका छन् ।

सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ५.५ प्रतिशतले बढेको छ भने अन्य समूहको ५.२८ प्रतिशतले, ट्रेडिङको ४.५६ प्रतिशतले, हाइड्रोपावर ४.३७ प्रतिशतले र इन्भेष्टमेन्ट समूहको उपसूचक ४.१७ प्रतिशतले बढेको छ । यसदिन न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् भने एनसीसी डिभेन्चरका लगानीकर्ताहरुले ३.९१ प्रतिशतले गुमाएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.