×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

‘कुमारी आमा’ निहारिकाका छोराको डीएनए शिवराजसँग मिल्यो

१८ कार्तिक २०७९

१८ कात्तिक, काठमाण्डौ ।
‘कुमारी आमा’ निहारिका राजपूतका छोराको डीएनए आरोपी शिवराज श्रेष्ठसँग ‘म्याच’ भएको छ । उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको पुष्टि गरेका छन् ।

निहारिकाले आफूमाथि शिवराजले बलात्कार गरेर बच्चा जन्मिएको आरोप लगाउँदै न्यायका लागि संघर्ष गर्दै आएकी छिन् । उनको माग अनुसार दुई महिनाअघि बच्चा र आरोपीको डीएनए टेस्ट गरिएको थियो । उक्त टेस्टको रिपोर्ट आइसके पनि सार्वजनिक गरिएको छैन ।

Advertisement
Advertisement

यसको पुष्टि उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले पनि गरेका छन् । उनका अनुसार निहारिकाका छोराको डीएनए आरोपी शिवराजसँग मिलेको हो। लतिलपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निहारिकाका छोराको डीएनए शिवराजसँग मिलेको रजिष्टार अधिकारीले बताए। उच्च अदालत, जनकपुरले निहारिकाका छोरा र शिवको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो।

निहारिकाले जन्म भएको बालकसँग शिवराजको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन्। उक्त माग राख्दै निरन्तर अनसन बसेपछि सरकारसँग तीन बुँदे सहमतिसमेत भएको थियो । अनसन तोड्ने, आरोपितसँग डीएनए परीक्षण गराउनेलगायत सहमति भएको थियो। उक्त सहमतिपछि आरोपित शविराजलाई पक्राउ गरेर प्रहरीले डीएनए परीक्षण गराएको थियो।

उनलाई धनुषाबाट काठमाडौं ल्याएर राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा डीएनएका लागि रगतको नमुना दिइएको थियो। उक्त नमूना जाँच गर्दा शिवराज र निहारिकाको छोराको डीएनए मेल खाएको रिपोर्ट आएको रजिष्ट्रार अधिकारीले बताएका छन् ।

यस्तै सुरुआतबाट निहारिकाको मुद्दा हेर्दै आएकी अधिवक्ता रिङ्कु यादवले रिपोर्टमा बच्चा र शिवराजको डीएनए मिलेको बताएकी छिन् । उनले भनिन्, ‘बच्चाको डीएनए ९९.९९ प्रतिशत मिलेको छ । जैविक हिसाबमा शिवराज श्रेष्ठ नै त्यो बच्चाको बुबा हो भन्ने पुष्टि भयो ।’ निहारिकाको मुद्दा हाल उच्च अदालत जनकपुरमा विचाराधीन छ ।

अदालतको पेशीमा ढिलाइ गरिएको भन्दै निहारिकाले आज प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेकी थिइन् । । शिवराजले आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको र अहिले बिचल्ली पारेको आरोप निहारिकाले लगाउँदै आएकी थिइन्। उनीहरूको यो मुद्दा धनुषा जिल्ला अदालतमा समेत चलेको थियो।

धनुषा अदालतले शिवराजलाई निर्दोष ठहर गर्दै बलात्कार नै नभएको फैसला गरेको थियो। राजीशुसीमै उनीहरूबीच यौन सम्पर्क भएकोले बलात्कार भन्न नमिल्ने अदालतको फैसला थियो। फैसलामा चित्त नुबझेपछि निहारिकाले उच्च अदालत, जनकपुरमा पुनरावेदन समेत गराएकी थिइन्।

त्यसपछि उनी अनसन बस्न काठमाडौंसम्म आएकी थिइन्। त्यसपछि जाँच भएको डीएनए शिवराज र बच्चासँग मेल खाएको हो। डीएनए मेल खाएमा शिवराजले बलात्कार ठहर गर्नुपर्ने निहारिकाको माग थियो। उता शिवराजले त्यतिबेला डीएनए मेल खाएमा निहारिकालाई श्रीमती र बच्चालाई छोराका रुपमा स्वीकार गर्न आफू तयार रहेको बताएका थिए।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top