Nepal Times
Nepal Times
3
Shares

रोनाल्डो र टाइरन बीच मैदानमै हात हालाहाल

रोनाल्डो र टाइरन बीच मैदानमै हात हालाहाल

२१ कात्तिक, एजेन्सी ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा विश्व चर्चित स्टार क्रिस्टियानो रोनाल्डो आवद्द रहेको म्यानचेस्टर युनाइटेडले विर्सन लायक हार व्यहोरेको छ । रोनाल्डोको कप्तानीमा रहेको युनाइटेड एस्टन भिल्लासँग ३–१ ले पराजित भएको हो । घरेलु मैदान भिल्ला पार्कमा खेलको सातौं मिनेटमा नै लिओन बेलीले भिल्लालाई अग्रता दिलाएका थिए ।

११औं मिनेटमा लुकास डिग्नेले फ्रि किकमार्फत उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ४५ औं मिनेटमा जाकोब राम्सेले आत्मघाती गोल गर्दा युनाइटेड २–१ को स्थितिमा आयो । लुक शाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले उनलाई लाग्दै पोस्ट दिशा लिएको थियो ।

४९ औं मिनेटमा राम्से गोल गर्दै घरेलु टोलीलाई ३–१ को जित दिलाए । उसले सन् १९९५ यता पहिलोपटक घरेलु मैदानमा युनाइटेडलाई पराजित गरेको हो । युनाइटेड भिल्लाको घरेलु मैदानमा २७ वर्षपछि पराजित भएको हो । मुख्य प्रशिक्षक उनाइ इम्रीले आफ्नो पहिलो खेलमै भिल्लालाई जित दिलाएका छन् ।

खेलको अन्त्यतिर युनाइटेडको कप्तानी गरिरहेका क्रिस्टियानो रोनाल्डो र डिफेन्डर टाइरन मिन्ज्सबीच हात हालाहालको स्थिति बनेको थियो। रेफ्रीले दुवैलाई चेतावनीस्वरूप पहेलो कार्ड देखाएका थिए । यो जितसँगै १४ खेलमा १५ अंक जोड्दै भिल्ला १३ औं स्थानमा उक्लिँदा पराजित युनाइटेड १३ खेलबाट २३ अंकका साथ पाँचौं स्थानमा छ ।

लिगअन्तर्गतकै अर्को खेलमा न्युकासल युनाइटेडले साउथह्यामटनलाई ४–१ ले पराजित गरेको छ । चेल्सीविरुद्ध आर्सनलको रोमाञ्चक जित, यी खेलाडी बने जितको ‘हिरो’ इंग्लिस प्रिमिर लिगअन्तर्गत नै आइतबार साँझ सम्पन्न खेलमा आर्सनल विजयी भयो । ऊ घरेलु टोली चेल्सीविरुद्ध १–० ले विजयी भएको हो । आर्सनलको जितमा गेब्रियल म्यागलहेसले निर्णायक गोल गरे ।

उनले खेलको ६३ औं मिनेटमा बुकायो साकाको कर्नर क्रसलाई पोस्टको दिशा दिएका हुन् । यो जितसँगै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै आर्सनलले १३ खेलमा ३३ अंक जोडेको छ । पराजित चेल्सी समान खेलबाट २१ अंकका साथ सातौं स्थानमा छ । आर्सनलको जितपछि तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी फेरि दोस्रो स्थानमा खस्किएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.