Nepal Times
Nepal Times
3
Shares

डि मारिया र डिबलालाई समेट्दै अर्जेन्टिनाको विश्वकप खेल्ने टिम घोषणा

डि मारिया र डिबलालाई समेट्दै अर्जेन्टिनाको विश्वकप खेल्ने टिम घोषणा

२८ कात्तिक, एजेन्सी ।
दुई पटकको उपाधि विजेता तथा यस पटकको उपाधि दावेदार अर्जेन्टिनाले फिफा विश्वकप २०२२ कतारका लागि अन्तिम टोली घोषणा गरेको छ । चोटबाट रिकभर हुन प्रयास गरिरहेका एन्जल डि मारिया र पाउलो डिबलालाई समेट्दै अर्जेन्टिनाले टोली घोषणा गरेको हो ।

प्रशिक्षक लिओनल स्कोलानीले शुक्रबार अर्जेन्टिनाको अन्तिम टोली घोषणा गरेका हुन् । फिफा विश्वकप नोभेम्बर २० मा सुरु हुँदैछ । यो विश्वकपलाई स्टार फुटबलर लिओनल मेसीले अन्तिम विश्वकपका रुपमा लिएका छन् ।

गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले यसै वर्ष फिनाल्सियामा युरो च्याम्पियन इटलीलाई पराजित गर्दै विश्वकपको उपाधि दाबेदारको रुपमा उभ्याएको छ । चोटका कारण जिओभानी लो सेल्सो भने विश्वकप खेल्ने टिममा पर्न सकेनन् ।

समूह सी मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरु गर्दैछ । यस समूहमा मेक्सिको र पोल्याण्ड पनि छ । अर्जेन्टिनाको टिममा गोलकिपरमा एमिलियानो मार्टिनेज, गेरोनिमो रुली, फ्रान्को अर्मानी रहेका छन् । त्यसैगरि डिफेण्डरमा नाहुल मोलिना, गोन्जालो मोनिटेल, क्रिस्टियन रोमेरो, जर्मन पेजेल्लन, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, मार्कोस अकुना, निकोलस ट्याग्लिफिको, जुयन पोयथ रहेका छन् ।

मिडफिल्डरमा रोड्रिगो डे पउल, लिएन्ड्रो परेडेस, एलेक्सिस म्याक अलिस्टर, गुइडो रोड्रिगेज, पपु गोमेज, एन्जो फर्नान्डेज, इजेक्वेल पालासिओस रहेका छन् । फरवार्ड एन्जल डि मारिया, लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जाओक्विन कोरेअ, लिओनल मेसी, पाउलो डिबला रहेका छन् ।

दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिलको तुलनामा दुई जना थोरै फरवार्ड अर्जेन्टिनी टीममा छन् । अर्जेन्टिनाले पछिल्लो २८ वर्षको पहिलो ठूलो उपाधिको रुपमा गत वर्ष कोपा अमेरिका जितेको थियो । अहिले घोषणा भएको टीममा त्यसबेलाका २१ खेलाडी छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.