इङ्ल्याण्डलाई विश्वकप खेल्नु अघि धक्का, प्रतिबन्ध लाग्न सक्ने

५ मंसिर ७९, सोमबार
Share this
734shares

५ मंसिर,एजेन्सी ।
इङ्ल्याण्डका कप्तान ह्यारी केनले विश्वकपअन्तर्गत आज (सोमबार) हुने इरानविरूद्धको खेलमा समलैंगिक सम्बन्धलाई समर्थन गर्न ‘रेनबो ब्याण्ड’ बाँधेर मैदानमा उत्रिने जानकारी दिएका छन्। उनको घोषणासँगै फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) को टाउको दुखाइ सुरु भएको छ।

Advertisement

निकै पैसा खर्च गरेर विश्वकप आयोजना गरेको कतारले समलैंगिक सम्बन्ध आफ्नो धर्म–संस्कृतिको बर्खिलाप भएको भन्दै यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। कतारको यो भनाइको युरोपेली देशहरूले कडा शब्दमा निन्दा गरेका छन्। उनीहरूले कतारले मानव अधिकारको मूल्य–मान्यतालाई पूर्ण रूपमा अस्वीकार गरेको आरोप लगाएका छन्।

सप्तरंगी कलर समलैंगिक सम्बन्ध भएका समूह (एलजीबीटी प्लस) को संकेत हो। फिफाले अरु देशको संस्कृतिमाथि प्रश्न उठाउने अधिकार कसैसँग नभएको भन्दै इङ्लिस कप्तानले त्यसो गरेमा कारबाहीको भागिदार बन्ने स्पष्ट पारेको छ।

Advertisement

केनले आइतबार यसको जानकारी दिँदै भनेका थिए, ‘म इरानविरूद्ध पहिलो खेलमा रेन्बो ब्याण्डमा उत्रिने छु, जुन एलजीबीटी प्लस समूदायको संकेत हो।’ फिफाले पनि यस विषयमा प्रतिक्रिया दिँदै भनेको छ, ‘यदि कुनै टिम वा खेलाडीले यस्तो काम गर्छन् भने त्यो नियमको उल्लंघन ठहरिने छ। फिफाले यस्ता खेलाडीमाथि प्रतिबन्ध पनि लगाउन सक्ने छ।’

इङ्लिस कप्तान केन र पुरै टिम एलजीबीटी प्लस समूदायको समर्थनमा ‘वान लभ’ लेखेको ब्याण्डमा उत्रिन लागेको हो। इङ्लिस टिमको यो निर्णयबाट फिफा यस कारण पनि अतालिएको छ, उसँग खेल्ने अर्को देश इरान पूर्णत इस्लामिक देश हो। इरानमा पनि समलैंगिक सम्बन्धमाथि प्रतिबन्ध छ।

Advertisement

केनले यस विषयमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘टिम, स्टाफ र संघको नाताले हामीले स्पष्ट पारिसकेका छौं, हामी वन लभ आर्म ब्याण्ड लगाएर मैदानमा उत्रिने छौं। यस विषयमा फिफासँग कुराकानी भइरहेको छ। हामीले खेलअगाडि आफ्नो निर्णय सार्वजनिक गर्ने छौं। हामीले आफ्नो तर्फबाट लागेको कुरा बताएका हौं।’

आज इरानविरूद्ध हुने खेलमा यदि ह्यारी केन रेन्बो रंगको ब्याण्ड लगाएर मैदानमा उत्रिन्छन् भने उनी मैदानमा प्रवेश गर्ने बित्तिकै रेफ्रीले पहेँलो कार्ड देखाउन सक्ने छन्। दोस्रो खेलमा पनि उनी आफ्नो निर्णयमा अडिक रहे, दोस्रो पहेँलो कार्ड पाउने छन्। यदि यस्तो घटना भएको खण्डमा उनले फिफाको नियमअनुसार तेस्रो खेल गुमाउनुपर्ने छ।फिफाले ड्रेसिङ रूममै प्रवेश गरेर इङ्लिस खेलाडीलाई ब्याण्ड हटाउन आग्रह गर्न सक्ने सम्भावना पनि प्रबल छ।

यसबाहेक जरिवाना वा प्रतिबन्ध लगाउन सक्ने सम्भावना पनि उत्तिकै छ। अहिले इङ्ल्याण्डबाहेक वेल्सका गारेथ वेल, जर्मनीका मेनुअल न्यूएर, नेदरल्याण्डका डिफेन्डर वार्जेल वान दायक पनि समलैंगिक सम्बन्धको समर्थनमा उत्रिएका छन्। विश्वकप खेल्न कतार पुगेको ३१ राष्ट्रमध्ये ८ वटा देशले समलैंगिक सम्बन्धको समर्थन गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top