×

NEPAL TIMES UPDATES

Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026
Playing
ओलीले दिएको त्यो ’लाचार’ अभिव्यक्ति, ’पार्टी चाँही नफुटाउनू’!|| Nepal Times
May 17, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-03-2083 || Nepal Times
May 17, 2026
Playing
अस्ट्रेलियामा घरबारविहीनहरूको संख्या चार गुणासम्म बढ्ने || Nepal Times
May 17, 2026
Playing
सुकुम्बासीले काठमाडौंमा पाएनन् घर भाडा, १५ हजार दिए के गर्नु ?|| Nepal Times
May 17, 2026
Playing
राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्ने अमेरिकाको तयारी || Nepal Times
May 17, 2026
Playing
अब सरकारले विद्युतीय चुलोमा अनुदान दिने,एलपी ग्यासमा अनुदान नदिने || Nepal Times
May 17, 2026
Playing
इबोला विश्वकै लागि खतरा, क्यानेडियन नागरिकलाई पनि हान्टाभाइरस पुष्टि || Nepal Times
May 17, 2026

टी–२० विश्वकपमा २० टोली, के नेपाल पुग्ला ?

६ मंसिर २०७९

६ मंसिर, काठमाण्डौ ।
सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने पुरुष टी–ट्वान्टी विश्वकपको नयाँ ढाँचा सार्वजनिक भएको छ । आगामी संस्करणको विश्वकप यसअघिका दुई संस्करणभन्दा फरक ढाँचामा खेलाइनेछ । आगामी संस्करणबाट सहभागी टोलीको संख्या २० पुर्याईने छ ।

सन् २०२१ र २०२२ मा भएको जस्तो सुपर १२ को दोस्रो चरण प्रतियोगिता हुनेछैन । आगामी संस्करणमा सहभागी २० टोलीलाई पाँच–पाँच टोलीको चार समूहमा विभाजन गरिनेछ । प्रत्येक चार समूहबाट शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउनेछन् ।

Advertisement
Advertisement

सुपर आठमा पनि चार–चार टोलीको दुई समूहमा विभाजन गरिनेछ । सुपर ८ का दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्, त्यसपछि फाइनल हुनेछ । गत नोभेम्बर १३ मा मेलबर्नमा भएको फाइनलमा पाकिस्तानलाई पराजित गर्दै इंग्ल्यान्डले टी–ट्वान्टी विश्वकपको उपाधि जितेको थियो। टी–ट्वान्टी विश्वकपको पछिल्लो दुई संस्करणमा पहिलो चरणमा चार टोली दुई समूह रहेका थिए ।

जसमा छनोट चरणबाट प्रतियोगितामा प्रवेश गरेका टोलीहरू र अघिल्लो टी २० विश्वकपमा नवौं देखि १२ औं स्थान हासिल गर्ने टोलीहरू रहेका थिए। पहिलो चरणमा प्रत्येक समूहबाट शीर्ष दुई टोली त्यसपछि सुपर १२ चरणका लागि छनोट भएका थिए ।

छनोट भइसकेका बाँकी आठ टोलीमा सामेल भएर सुपर १२ को खेल भएको थियो । हालसम्म १२ टिमले सन् २०२४ को टी–ट्वान्टी विश्वकपमा स्थान पक्का गरिसकेका छन् । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिज प्रतियोगिताको आयोजकको रूपमा स्वत छनोट भईसकेका छन् ।

सन् २०२२ को आठौं संस्करणको विश्वकपमा शीर्ष आठमा रहेका (गत विजेता इंग्ल्यान्डसहित पाकिस्तान, भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स) टोली छनोट भईसके छन् । बाँकी आठ स्थानका लागि क्षेत्रीय छनोटमार्फत छनोट गरिनेछ ।

यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई बिदाइ गरेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको नामिबिया हुने त्रिदेशीय सिरिज खेल्ने नेपाली टोलीलाई मंगलबार बिदाइ गरेको हो । नामिबिया जानु अघि नेपाली टोली भारत जाने छन् । भारतमा नेपाली टोलीले एक साता तयारी गर्ने छन् ।

सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरिसकेको छ । नन्दन यादवले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् । सिरिज आगामी डिसेम्बर २ देखि ८ सम्म हुनेछ । सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्याण्ड रहेको छ ।

Advertisement
Advertisement

सिरिजको अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ । नेपालले २० खेलमा १७ अंक जोडेको छ । नामिबिया २२ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । स्कटल्याण्ड २८ खेलमा ४० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top