Nepal Times
Nepal Times
3
Shares

घन्टीलाई अग्रता दिलाउने ८ उम्मेदवारहरु

घन्टीलाई अग्रता दिलाउने ८ उम्मेदवारहरु

६ मंसिर,कमाठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले जारी मतगणनामा अहिलेसम्म ८ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। काठमाडौंका तीन र सुनसरीका दुई निर्वाचन क्षेत्रसहित ललितपुर, चितवन, कास्की, रूपन्देही, नवलपरासी, झापाका निर्वाचन क्षेत्रमा घन्टीका उम्मेदवारले अग्रता लिइरहेका छन्।

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले ३८५४ मतसहित अग्रता लिएकी छिन्। यस्तै, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ ६ हजार १ सय ८ मत ल्याएका छन्। काठमाडौं ६ का उम्मेदवार शिशिर खनालले ३६ सय ६१ मतसहित अघि छन्।ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसीमा कार्कीले ४९ सय १० मत ल्याएकी छिन्।

यता, चितवन १ मा हरी ढकाल १७९२ मत सहित अघि छन्।यस्तै, कास्की २ मा घन्टी चुनाव चिन्ह भएका उम्मेदवार माधवप्रसाद कँडेल २४ सय ३१ मतसहित अघि छन्। रूपन्देही २ मा गणेश पौडेल १ हजार ९६ मत सहित अघि छन्।यता, नवलपरासी बर्दघाट पश्चिम १ मा ३९५९ मत ल्याएका छन्। झापा ४ मा शम्भु ढकाल १७ सय ८१ मत ल्याएका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.