×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

अध्यक्ष विजयी भएपनि माओवादी खुम्चियो /प्रचण्डले अब कस्तो रणनीति लेलान् ?

८ मंसिर २०७९

८ मंसिर, काठमाण्डौ ।
प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारी मतान्तरले विजयी भएका छन् । २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित बने ।

नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् । गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो । यसअघि गोरखा—२ मा उम्मेदवारी दिएलगत्तै प्रचण्डले माओवादी शक्तिशाली तेस्रो खेलाडी बन्ने बताएका थिए ।

Advertisement
Advertisement

उनी आफू विगतमा पनि किंग मेकर रहेको र यो चुनावपछि पनि किंग मेकर नै रहने दाबी गरेका थिए । यस्तै सकेसम्म प्रधानमन्त्री नै हुने सपना देखेका थिए । तर पछिल्लो मतपरिणामले उनलाई त्यो सपनाबाट ब्युँझ्याई दिएको छ । किनभने माओवादीलाई राष्ट्रिय स्वतन्त्र पार्टी चुनौतीको रूपमा देखा परेको छ ।

समानुपातिक मतमा माओवादीलाई स्वतन्त्र पार्टीले उछिन्ने संकेत देखिइसकेको छ । यी दुईको कुल संयोजनबाट झिनो सिटको फरकमा माओवादी तेस्रो हुन सक्ने देखिन्छ । तर, प्रचण्डको मनसायझैँ बलियो र रणनीतिक तेस्रो शक्ति चाहिँ बन्ने सम्भावना टुटेको देखिन्छ । त्यसलै उनको प्रधानमन्त्री बन्ने चाहना पनि सहजै पूरा हुने देखिँदैन ।

यसो हुँदा अब उनको रणनीति के हुनसक्छ भन्नेमा चासो छ । राजनीतिक विश्लेषकहरुका अनुसार अब प्रचण्ड केही विकल्पहरुका साथ अगाडि बढ्नेछन् । उनीहरुका अनुसार प्रचण्डसँग पहिलो र भरपर्दो विकल्प अहिलेको गठबन्धन कायम राख्ने नै हो । कांग्रेस, माओेवादी र एकीकृत समाजवादीको गठबन्धन कायम राख्न सक्दा निरन्तर सत्ताको अवसर कायम राख्न सकिन्छ ।

अहिलेसम्मको अवस्था हेर्दा सत्ता गठबन्धन बहुमतमा पुग्ने सम्भावना रहेको छ । तत्काल एमालेलाई प्रतिपक्षमा राख्ने अनि प्रदेश सरकारमा पनि सहभागी हुने अवस्था आउँदा शक्ति आर्जन सकिने रणनीति प्रचण्डले अख्तियार गर्न सक्छन् । प्रतिपक्षमा रहेको एमालेलाई दबाबमा राख्न सकियो भने वाम एकताको सम्भावना बढ्ने मनसायमा पनि प्रचण्ड हुन सक्छन् ।

आजै हार ब्यहोरेपछि पृथ्वीसुब्बा गुरुङलाई बधाई दिदै माओवादी महासचिव देव गुरुङले बाम एकताको लागि पहल गर्न सुझाव दिएका छन् । यसैगरि प्रचण्डले कांग्रेसबाट अपेक्षित भोट स्थानान्तरण नभएको तर्कसहित गठबन्धन फेर्ने प्रयास गर्न सक्छन् ।

त्यस्तो अवस्थामा एमाले र माओवादीको प्रयासमा गठबन्धन बन्न सक्छ । तर त्यसका लागि एमालेका अध्यक्ष केपी ओली तयार हुनुपर्नेछ । एमाले र माओवादीभित्रका वामगठबन्धन पक्षधर नेताहरूले यो प्रयास गर्न सक्छन् । सम्भावित नतिजाअनुसार एमाले र माओवादीमात्रै मिल्दा सरकार बन्ने स्थिति भने देखिँदैन ।

त्यसैले यो गठबन्धनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका रणनीतिक हुनेछ । त्यस्तो अवस्थामा एकीकृत समाजवादी, जसपालाई समेत समेटिँदा एमाले माओवादीको सरकार बन्न सक्नेछ । तर प्रचण्ड र ओलीको बढ्दो दूरी त्यसको बाधक बन्न सक्छ ।

यसैगरि कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था आएमा माओवादी केन्द्र प्रतिपक्षमा रहनुपर्नेछ । प्रचण्डका लागि यो असहज विकल्प भने होइन । पार्टीलाई संगठित र बलियो बनाउन सक्रिय हुने भनेर प्रचण्ड स्वयंले प्रतिपक्षमा बस्ने निर्णय गर्न सक्छन् । त्यस्तो अवस्थामा पार्टीलाई संगठित गर्न सक्छन् वा पार्टी कार्यकर्तामा जारी निराशा र सम्भावित पहिरो रोक्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न चाहिँ गम्भीर रूपमा उठ्नेछ ।

प्रचण्डसंगै अहिलेसम्म माओवादीका ८ उम्मेदवारहरुले जित हासिल गरेका छन् । रुकुम पूर्व १ बाट पूर्णबहादुर घर्तीमगर, सिन्धुपाल्चोक १ बाट माधव सापकोटा,बाग्लुङ २ बाट देवेन्द्र पौडेल, सिन्धुली २ बाट लेखनाथ दाहाल, रोल्पा १ बाट वर्षमान पुन, जाजरकोट १ बाट शक्तिबहादुर बस्नेत, दाङ २ बाट रेखा शर्मा विजयी भएका छन् । यस्तै जनार्दन शर्मासहित अन्य ८ जनाले अग्रता कायम राखेका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top