पछिल्लो २४ घण्टामा थप थप ६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप थप ६ जनामा कोरोना संक्रमण पुष्टि

१८ मंसिर , काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ सय ८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चार सय ५४ नमूनाको आरटिपिसिआर विधि र बाँकी नौ सय ३४ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको रिपोर्ट नभएको मन्त्रालयको भनाइ छ ।

यस अवधिमा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा एक सय आठ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ रहेको छ । कोरोना संक्रमणबाट नेपालमा १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने यहाँ कोरोना निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.