Nepal Times
Nepal Times
3
Shares

विश्वकपका गोल्डेन बुटका दाबेदार को हुन् ?

विश्वकपका गोल्डेन बुटका दाबेदार को हुन् ?

१९ मंसिर, एजेन्सी ।
कतारमा जारी फिफा विश्वकपको २२औं संस्करणमा गोल्डेन बुटको दौड जारी छ । समूह चरणका खेल सकिँदा किलियान एम्बाप्पे, इनर भ्यालेन्सिया, कोडी गाक्पो, अल्भारो मोराटा, मार्कस रासफार्डले तीन गोलसहित दौडको लिड गरिरहेका छन् । जारी विश्वकप खेल्ने सर्वाधिक गोलकर्ता जर्मनीका थोमस मुलर थिए। यसअघि नै १० गोल गरिसकेका मुलर यसपाली गोलविहीन रहँदै बाहिरिसकेका छन् । तीन गोल गरेका इक्वेडरका इनर भ्यालेन्सिया पनि बाहरिसकेका छन् । बाँकी खेलाडीले अझै खेल्न बाँकी छ । हालसम्मका सर्वाधिक गोलकर्ताको सूची यस्तो छ ।

१. इनर भ्यालेन्सिया (इक्वेडर) ३ गोल

२. किलियान एम्बाप्पे (फ्रान्स) ३ गोल

३. कोडी गाक्पो (नेदरल्यान्ड्स) ३ गोल

४. अल्भारो मोराटा (स्पेन) ३ गोल

५. मार्कस रासफोर्ड (इङ्ल्यान्ड) ३ गोल

६. फेरान टोरेस (स्पेन) २ गोल

७. मेहेदी तारेमी (इरान) २ गोल

८. ओलिभर जिरुड (फ्रान्स) २ गोल

९. रिचार्लिसन (ब्राजिल) २ गोल

१०. लियोनेल मेसी (अर्जेन्टिना) २ गोल

यसबाहेक १३ खेलाडीले दुई–दुई गोल गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.