यसै थन्किन्छन् निगमका जहाज, निगम भन्छ पाईलट छैनन्

यसै थन्किन्छन् निगमका जहाज, निगम भन्छ पाईलट छैनन्

नेपाल वायु सेवा निगमले आन्तरिक उडानतर्फ चालू हालतका आठमध्ये पाईलट नभएको बहानामा ६ जहाज थन्काएको छ । तर, प्राप्त कागजातले भने उसँग जहाज उडाउने पाइलट पर्याप्त भएको देखाउँछ। यो खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

ल्याएको जहाजै नउडाएर गत आर्थिक वर्ष ३५ करोड रूपैयाँभन्दा बढी घाटा खाँदै आएको निगमसँग ६ वटा चिनियाँ जहाज छन्।् तीमध्ये दुईवटा ठूला र चारवटा साना छन्।् निगमले मुस्किलले एउटा ठूलो र एउटा सानो मात्रै उडाउने गरेको छ भने चारवटा ग्राउन्डेड छन्।

त्यसैगरी ३० वर्षअघिको ट्वीनअट्टर विमान पनि साउन १८ देखि एयरपोर्टमा ग्राउन्डेड छ। कुनै बेला १२ वटासम्म रहेका ट्वीनअट्टर अहिले तीनवटा मात्र बाँकी छन्।् । बाँकी दुईमध्ये पनि एउटा उडे अर्को उड्दैनथ्यो। मुलुकको अति दुर्गम क्षेत्रलाई जोड्ने यी जहाजलाई पनि निगमले पाइलट नभएको भन्दै थन्काइरहेको छ।

निगमसँग ट्वीनअट्टर उडाउने पाइलट १० जना छन्। यीमध्ये आईआर गुरुङ, पी शेर्पा, एम विष्ट, यू सिलवाल र एमबी तुम्बाहाङ्फे पाइलट हुन् भने एमबी शाही, आरके रौनियार, के थापा, बी प्याकुरेल र ए आर्या को–पाइलट छन्। ट्वीनअट्टर उडाउने पाइलटमध्ये गुरुङ, श्रेष्ठ र विष्ट तारा एयरलाइन्सबाट करारमा मासिक १०/१० लाख रूपैयाँ तिरेर ल्याइएको हो। जहाज बन्द गराएर ती पाइलटलाई निगमले तलब मात्र खुवाइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.