२५ मंसिर,एजेन्सी ।
कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भईसक्दा विश्वकपको सर्वाधिक गोलकर्ताको गोल्डेल बुट कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गर्दा अहिलेसम्मका सर्वाधिक गोलकर्ता मध्येका शीर्ष तीन खेलाडीपनि समिफाइनलमा पुगेका छन् ।
यस विश्वकपमा अहिलेसम्म गोल्डेन बुटका दाबेदार खेलाडीमा फ्रान्सका केलियन एमबाप्पे अग्रपङितमा छन् । उनले ५ गोल गरिसकेका छन् । उनको टिमले अब पहिलो पटक विश्वकपको अन्तिम चारमा पुगेको मोरक्कोसँग प्रतिस्पर्धा गर्ने छ। यो खेलमा उनले थप गोल गर्न सके उनको गोल्डेन बुटको दाबेदारी थप बलियो हुनेछ ।
तर उनलाई समान ४ गोलका साथ विश्वकप खेलिरहेका अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सकै ओलिभर जेरुडले पनि अबको सेमिफाइनलमा गोल थप गरे भने गोल्डेन बुटमाथिको दाबेदारी झनै रोचक बन्ने देखिन्छ ।
समिफाइनल अघि मेस्सी र जेरुडले समान ४÷४ गोल गरेका छन् । अब यो बुटमा आफ्नो दाबेदारी बलियो बनाउन मेसीले क्रोएसियासँगको भिडन्तमा थप गोल गर्नुपर्नेछ भने जेरुडलेले एमबाप्पेलाई रोक्दै मोरक्कोविरुद्ध गोल गर्नुपर्ने छ ।
कतार विश्वकपमा अहिलेसम्मका गोल्डेन बुटका दाबेदारहरुमा
१. केलियन एमबाप्पे – ५ गोल (फ्रान्स)
२. लियोनल मेसी – ४ गोल (अर्जेन्टिना)
३. ओलिभर जेरुड – ४ गोल (फ्रान्स)
४. कोडी गाक्पो – ३ गोल – (नेदरल्यान्डस्)
५. मार्कुस राषफोर्ड – ३ गोल (इङल्यान्ड
६. अल्भारो मोराटा – ३ गोल( स्पेन
७. इनर भ्यालेन्सिया – ३ गोल( इक्वेडर
८. बुकायो साका – ३ गोल (इङल्यान्ड
९. रिचार्लिसन – ३ गोल (ब्राजिल
र
१०. गोन्कालो रामोस – ३ गोल( पोर्चुगल
गोल्डेन बुटको दाबेदारमा रहेका शीर्ष १० मध्ये अब सेमिफाइनलमा पुगेका मध्ये अर्जेन्टिना र फ्रान्सका ३ खेलाडी मध्येबाट नै एक खेलाडीले गोल्डेन बुट पाउने छ । जहाँ ५ गोल सहित शीर्ष स्थानमा रहेका एमबाप्पेको संभावना अधिक देखिन्छ । यद्यपि मेसी र जेरुडको संभावनालाई पनि नकार्न सकिदैन ।