×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

विश्वकपको फाइनल खेल पोल्यान्डका मार्सिनियाकले खेलाउने

१ पौष , एजेन्सी ।
आइतबार कतारको लुसेल रंगशालामा विश्वकपका दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच उपाधिका लागि भिडन्त हुँदै छ । यो भिडन्त र यसको नतिजाका लागि विश्वभरका फुटबल प्रेमी आतुर रहेका छन् । विश्वभरको नजर अडिएको सो फाइनल खेल भने पोल्यान्डका सिमोन मार्सिनियाकले खेलाउने भएका छन् ।

कतारमा जारी विश्वकपका विभिन्न खेलमा विभिन्न रेफ्रीका निर्णय विवादमा परिरहेका बेला फाइनल खेल कसले खेलाउँछन् भन्ने चासो पनि फाइनल खेल्दै गरेका दुवै देशका फुटबल प्रशंसकका लागि चासोको विषय बनेको छ । ४१ वर्षीय मार्सिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन् ।

Advertisement
Advertisement

मार्सिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए । मार्सिनियाकलाई पोल्यान्डकै पावेल सोकोल्निच्की र टोमास्ज लिस्त्कीविच्जले असिस्टेन्ट रेफ्रीको भूमिकामा साथ दिनेछन् । अमेरिकी इस्माइल एल्फाथ फोर्थ अफिसियलको भूमिकामा रहनेछन् ।

एल्फाथको नाम मुख्य रेफ्री बन्ने चर्चामा रहेपनि फिफाले युरोपेली राष्ट्रकै रेफ्रीलाई जिम्मेवारी दिएको हो । युरोप र दक्षिण अमेरिकाका टोली फाइनल खेलिरहेको अवस्थामा अमेरिकी रेफ्रीले जिम्मेवारी पाउने चर्चा चलेको थियो । मार्सिनियाकले जारी विश्वकपमा फ्रान्स र अर्जेन्टिना दुवैको खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् ।

उनले समूह चरणमा फ्रान्स र डेनमार्कबीच खेल खेलाएका थिए । उक्त खेलमा फ्रान्सले २–१ को जित दर्ता गरेको थियो । त्यस्तै राउन्ड अफ १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले हराउँदा पनि उनी मुख्य रेफ्री थिए । यस्तै तेस्रो स्थानको खेलका लागि भने स्थानीय रेफ्रीले अवसर पाएका छन् ।

Advertisement

क्रोएसिया र मोरक्कोबीच हुने खेलका लागि कतारका अब्दुलरहमान अल जसिम मुख्य रेफ्री रहनेछन् । उनलाई कतारकै तालेब अल मारी र साउद अहमद अलमकालेले साथ दिनेछन् । यो जोडीले यसअघि समूह चरणमा अमेरिका र वेल्सको खेल खेलाएको थियो । तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्कोबीच शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा भिडन्त हुनेछ । यी दुई टोली अर्जेन्टिना र फ्रान्ससँग पराजित भएका थिए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top