परिवार नै हाइड्रोका मालिक बनेपछि चल्यो डण्डा

२९ मंसिर ७९, शुक्रबार

१ पौष , काठमाण्डौ ।
नेपाल धितोपत्र बोर्डले गैरकानुनी सेयर कारोबार गरेको आरोपमा दुई लगानीकर्ता गुरुप्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्ने भएको छ । बोर्डको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्ता न्यौपाने र प्रधानलाई कारबाही गर्ने निर्णय गरेको हो ।

रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेकै समयमा न्यौपानेले २०७७ चैतदेखि २०७८ भदौको पहिलो सातासम्म कम्पनीको सेयर किनबेच गरेकाले उनलाई कारबाहीको दायरामा ल्याइएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।

त्यस्तै नेपाल हाइड्रोपावर लिमिटेडको अध्यक्ष रहेकै समयमा प्रधानले समेत आफ्नी श्रीमती बिमला श्रेष्ठ प्रधान, छोरा चेतन प्रधान र छोरी निभिता प्रधानको नाममा रहेको सेयर कारोबार गरेका थिए ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले यस्तो पदमा बहाल रहँदासम्म वा पदबाट अवकाश लिएको एक वर्षसम्म त्यो संस्था वा त्यसको सहायक कम्पनीको सेयर किनबेच तथा हस्तान्तरण गर्न पाउँदैनन् ।

‘यस्तो पदमा रहने व्यक्तिको आफ्नै वा उसको स्वामित्व रहेको फर्म, परिवारको नाममा रहेको सेयर समेत किनबेच गर्न नपाउने व्यवस्था छ । तर यस्तो गरेको भेटिएपछि बोर्डले उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । यस्तो कसुरमा दुई किसिमका कारबाहीको व्यवस्था छ ।

पहिलो २५ देखि ७५ हजारसम्म जरिवाना र कुनै पनि सूचीकृत कम्पनीमा १० वर्षसम्म सञ्चालक समिति लगायतका महत्वपूर्ण पदमा नियुक्ति लिन पाइने छैन । त्यस्तै यस्तो अपराध भएको आशंका लागेमा धितोपत्र बोर्डले अनुसन्धान अधिकृत तोकेर अध्ययन गराउने व्यवस्था छ ।

यसरी नियम विपरीत काम गरेको देखिएमा यस्तो कारोबारबाट भएको नाफा वा नोक्सान हुनबाट जोगिन गरिएको यस्तो कारोबार रकम बराबर बिगो भराउने व्यवस्था छ । रिडीमा न्यौपानेले गरेको कारोबारको अध्ययनका लागि बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीलाई तोकिएको छ ।

त्यस्तै नेपाल हाइड्रोपावरमा प्रधानले गरेको कारोबारको अध्ययन गर्न कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठलाई अनुसन्धान अधिकृत तोकिएको हमालले बताए । ४५ दिनको समयसीमा दिएर अध्ययन प्रतिवेदन पेस गर्न दुवै अधिकृतको नेतृत्वमा गठन भएको समितिलाई बोर्डको सञ्चालक समितिले निर्देशन दिइसकेको छ ।

लामो समयदेखि गुनासा आउने र अनुसन्धान हुने गरेको भए पनि कारबाही नभएपछि हालै नेपाल स्टक एक्सचेन्जले कम्पनीको स्वार्थ बाझिने पदमा रहेकाहरूको सेयर कारोबार नै रोक्का राख्न सूचीकृत कम्पनीहरूलाई निर्देशन दिएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top